श्रीलंकाले गर्यो २०० धर्मगुरुसहित ६ सयलाइ देश निकाला

सोमवार, बैशाख २३, २०७६



एजेन्सी । वैशाख पहिलो साता ‘इस्टर सन्डे’ पर्वको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ ।

गृहमन्त्री बी. अबयवर्दनाले विष्फोटपछि छानविनको क्रममा भिसा अवधि समाप्त भइसकेको र केहीको गतिविधि शंकास्पद पाइएकाले देश निकाला गरिएको बताएका छन् ।

विदेशी धर्मगुरुहरुले कुनै स्थानीय व्यक्ति वा समूहलाई भड्काएर फेरि आत्मघाती आक्रमण गराउन सक्ने आशंका गर्दै बंगलादेश, भारत, मालदिभ्स र पाकिस्तान लगायतका नागरिकहरुलाई देश  निकाला गरिएको हो ।

‘इस्टर सन्डे’ पर्वको बेला श्रीलंकाका चर्च र होटलहरुमा श्रृंखलावद्ध बम विष्फोट हुँदा २ सय बढीको मृत्यु भएको थियो  भने ५ सयभन्दा बढी घाइते भएका थिए  । विष्फोटको जिम्मा इस्लामिक स्टेट समूहले लिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments