श्रीलंका ब्लास्टमा मर्नेको संख्या २०७ पुग्यो

आइतवार, बैशाख ८, २०७६



कोलम्बो । श्रीलंकाको कोलम्बोमा कम्तीमा २०७ जनाको मृत्यु भएको छ । ४ सय जनाभन्दा बढी घाइते भएका छन् । इसाई धर्मावलम्बीहरुले  ‘ईस्टर सन्डे’ मनाइरहेका बेला चर्च, फाइभ स्टार होटलहरुमा  गरि आठ स्थानमा  श्रृंखलावद्ध विस्फोट भएको  छ।

image_673f71e96c

राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा आक्रमण भएको हो  । कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्चमा विष्फोट भएको छ । त्यस्तै  सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा पनि विष्फोट भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

57763911_2139186826198987_5237296778738401280_n

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata