श्रीलंका आक्रमण: साम्प्रदायिक आक्रमणको डरले घरभित्रै नमाज पढ्दै मुसलमान

शनिबार, बैशाख १४, २०७६



एजेन्सी । ‘इस्टर सण्डे’को दिन श्रीलंकामा श्रृंखलाबद्ध आक्रमण भयो । तीन चर्च र तीन होटेलमा भएको आक्रमणमा २५३ मानिसको मृत्यु भएको थियो भने ५ सयभन्दा बढी घाइते भएका थिए ।

आक्रमणपछि देशकको सुरक्षा बलले राष्ट्रव्यापी ‘सर्च अप्रेसन’ चलाइरहेको छ । अधिकारीले ‘सर्च’ तथा अन्य सुरक्षा व्यवस्थाको लागि १० हजारभन्दा बढी सुरक्षाकर्मी उतारिएको जानकारी दिएका छन् ।

‘सर्च’का क्रममा शुक्रबार साँझ सुरक्षाकर्मी र सशस्त्र उग्रवादीबीच  मुडभेड भएको छ । सुरक्षाबलले सो स्थानमा लुकेका आतंकवादीको सम्बन्ध आइतबार भएको आक्रमणसँग रहेको जानकारी दिएको छ । प्रहरी प्रवक्ताले पछि दिएको जानकारीअनुसार कलासुनाई भन्ने ठाँउमा भएको उक्त भुडभेडमा एक उग्रवादीले आत्मघाती विस्फोट गराएका थिए ।

त्यस्तै प्रहरीले गरेको ‘सर्च’का क्रममा शुक्रबारसम्म आइएसको युनिफर्म, सोही संगठनको व्यानर, १५० जिलेटिन स्टिक, एक लाख बल बेरिङ र एक ड्रोन क्यामरा बरामद भएको छ । राष्ट्रपतिले मैत्रिपाला सिरिसेनाले श्रीलंका प्रहरीले आइएससँग सम्बन्धको आशंका गरिएका १४० मानिसलाई प्राथमिकताका साथ खोजी गरिरहेको बताए । श्रीलंकाको गुप्चतर एजेन्सीले जवाफी आक्रमण हुन सक्ने भएकाले सबैलाई सतर्क हुन आग्रह गरेको छ ।

श्रीलंकामा रहेका मुसलमान समुदायलाई घरबाट बाहिर ननिस्कन पनि आह्वान गरिएको छ । बम आक्रमणको रिसमा तिमाथि साम्प्रदायिक आक्रमणको सम्भवना भएकाले घरभित्रै नमाज पढ्न सुझाव दिइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank