हैदरावादले नाटकीय हार व्यहोर्दा दिल्ली दोस्रो स्थानमा

सोमवार, बैशाख २, २०७६



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)को ३० औं खेलमा  सनराइजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दै दिल्ली क्यापिटल्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राती राजीव गान्धी इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा  हैदरावाद १८.५ ओभरमा सबै विकेट गुमाएपछि १ सय १६ रनमा समेटिएको हो ।

पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५५ रन जोड्यो। उसका लागि कप्तान श्रेयर एयरले ४० बलमा ५ चौका प्रहार गर्दै ४५ रन जोडे भने कोलिन मुनरोले २४ बलमा ३ छक्का र ४ चौका प्रहार गर्दै ४० रनको योगदान दिए । बलिङमा हैदरावादका खलिल अहमेदले ३ विकेट लिए। भुवनेश्वकर कुमारले २ विकेट हात पारे।

१ सय ५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८.५ ओभरमा १ सय १६ रनमा अलआउट भयो । राम्रो सुरुवात गरेको हैदरवादले पछिल्लो ८ विकेट १५ रन बनाउन गुमाएको थियो । जोनी बिस्ट्रले ३१ बलमा १ छक्का र ५ चौका प्रहार गर्दै  ४१ रन जोडे भने ४७ बलमा १ छक्का र ३ चौका प्रहार फार्दै डेभिड वार्नरले ५१ रनको योगदान दिँदै हैदरावादलाई राम्रो सुरुवात दिलाएका थिए। तर त्यसपछिका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न नसक्दा हैदरावाद लज्जास्पद हार व्योहोर्न बाध्य भयो  ।

१७ ओभरमा कागिसो राबाडाले २ र १८ ओभरमा क्रिस मोरिसले ३ विकेट लिँदा हैदरावाद धरापमा परेको थियो । बलिङमा राबाडाले ४ विकेट लिदा मोरिस र किमो पाउलले ३-३ विकेट लिए ।

यो जितसँगै दिल्ली ८ खेलमा ५ मा जित र ३ मा हारका साथ दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई सुपर किंग्स ८ खेलमा ७ मा जित र १ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

दिल्लीले यो  खेलमा सन्दीपलाई विश्राम दिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank