जोनी बेयस्ट्रोको अविजित अर्ध शतकीय खेलसँगै हैदरावादको सहज जित

बिहिबार, बैशाख ५, २०७६



एजेन्सी  ।  इन्डियन प्रिमियर लिग(आईपीएल) को ३३ औं खेलमा सनराईजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको छ । राजीव गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा ओपनर डेविड वार्नर र जोनी बेयस्ट्रोको अर्ध शतकसँगै १ सय ३३ रनको सामान्य लक्ष्य हैदरावादले १६.५ ओभरमा ४ विकेट गुमाउँदै सहजै पुरा गर्यो ।

हैदरावादको सहज जितमा ओपनर जोनी बेयरस्ट्रोले सानदार अविजित अर्ध शतकीय पाली खेले । बेयरस्ट्रोले ४४ बलमा समान ३ चौका र ३ छक्का सहित ६१ रनमा अविजित रहे । त्यस्तै अर्का ओपनर डेविर्ड वार्नरले २५ बलमा १० चौका प्रहार गर्दै ५० रनमा आउट भए ।

वार्नरलाई छैटौं ओभरको चौथो बलमा दिपक चाहरले फाफ डु प्लेसिसबाट क्याच आउट गराएका थिए । कप्तान केन विलियम्सन ३,विजय शंकर ७ र दिपक हुड्डा १३ रनमा आउट भए । चेन्नईका लागि ईमरान ताहिरले २,दिपक चाहर र करन शर्माले समान १ विकेट लिए ।

त्यस अघि हैदरावादको टस जितेर पहिला ब्याटिङ थाल्ने निर्णय गरेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा मात्र १ सय ३२ रन बनाएको थियो ।

चेन्नईका लागि ओपनर फाफ डु प्लेसिसले ३१ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै सर्वाधिक ४५ रन बनाए । त्यस्तै अर्का ओपनर शेन वाटशनले २९ बलमा ४ चौका सहित ३१ रन बटुले ।

ओपनर वाटशन र डु प्लेसिसले पहिलो विकेटका लागि ९.५ ओभरमा ७९ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । सहवाज नदिमले वाटशनलाई बोल्ड आउट गर्दै साझेदारी तोडे ।

लगत्तै ११ ओभरको तेस्रो बलमा डु प्लेसिसलाई विजय शंकरले जोनी बेयरस्टोबाट क्याच आउट गराए । दुबै ओपनर आउट भएसँगै चेन्नईनले सुस्त गतिमा रन जाडेको थियो । मिडिल अडरका कार्यवाहक कप्तान सुरेश रैना १३,केदार जाधव १ र साम बिलिङ्स शुन्यमा आउट भए ।

आम्बाती रायुडु २५ र रविन्द्र जडेजा २० बलमा १० रनमा अविजित रहे । हैदरावादका लागि राशिद खानले २,सहवाज नदीम,खलिल अहमद र विजय शंकरले समान एक विकेट हात पारे । नियमित कप्तान महेन्द्र सिंह धोनीलाई आराम दिएको खेलमा सुरेश रैनाले कप्तानी गरेका थिए ।

यो जितसँगै हैदरावाद ८ खेलमा समान ४ मा जित र ४ मा हारका साथ ८ अंक जोड्दै अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ । चेन्नई ९ खेलमा ७ मा जित र २ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा कायमै छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank