सप्रनेको छैठौं वार्षिकोत्सव समारोह सम्पन्न

शुक्रबार, बैशाख २७, २०७६



काठमाडौं । स्रष्टा प्रतिष्ठान नेपाल (सप्रने)ले आफ्नो छैठौं वार्षिकोत्सव समारोह बिहिबार सम्पन्न गरेको  छ । संस्कृतिविद् तथा वाङ्मय पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा ‘विभिन्न पुस्ताका विशेष सिर्जना प्रवाह’ कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको हो ।

59993291_1304055573080145_7787321945883672576_n - Copy

नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा भएको सो कार्यक्रममा अग्रज देखि अनुज पुस्ताका विभिन्न २० स्रष्टाहरुले आफ्नो मुक्तक, कविता तथा गजल वाचन गरेका थिए ।

उक्त कार्यक्रममा महेश पौड्याल(ढुंगाहरुको मेला), डा.नवीनवन्धु पहाडी(अध्यारो सुर्य),  तपेन्द्र पुडासैनी(गजल), मोहन सङ्ग्राम (झोलमा देश), एलिसा एकलास(अस्तित्वबोध), डा.हरिप्रसाद मानासागी(समय),  एन. पि. निर्दोष (गजल), प्रदिप पोख्रेल(गजल), संरक्षण रुपक (गजल), शंकर भण्डारी(ऊ अर्थात इतिहासको शासक), प्रकाश बस्नेत गफाडी(मुक्तक), सुस्मिता नेपाल(कविताको घर), डा. रजनी ढकाल(चाहिदैन मलाई), गिता कार्की(आकाश, फुल र इन्द्रेणी),  मोमिला जोशी (प्रेम, पीडा, प्यास र पानी), शितल कादम्बीनी(मोर्स्यो ‘सोल्टनी’), विश्वविमोहन श्रेष्ठ( म पृथ्वीनारायण शाह), विप्लव प्रतिक(काल), एस पि कोइराला(..), दिनेश अधिकारी(अन्तिम तयारी) वाचन गरेका थिए ।

59885230_1304055646413471_6969692238674657280_n - Copy

‘‘कविको प्रतिभा भनेको सिर्जनशीलता हो । सिर्जनशीलता सबैमा हुन्छ । फरक त यत्ति हो, कसैको फैलिन्छ । कसैको  मर्छ ।’’, भन्दै शताब्दी पुरुष जोशीले कविताको गुणस्तर तथा बजारमा ओरालो लागेको भनिरहँदा आफूलाई  यस कार्यक्रम मार्फत  जागरण शुरु भएको छनक भेटाएको बताए ।

60038740_1304055409746828_959239030975758336_n - Copy

 नेपाली कलासाहित्यमा पुर्याएका योगदानको प्रशंशा गर्दै वि.सं १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा जन्मीएका शताब्दी पुरुष जोशीलाई कार्यक्रमबीच सम्मान गरिएको थियो ।

59767432_1304055606413475_8985694555353382912_n - Copy

कार्यक्रममा  १९४ जनाको उपस्थिति रहेको संस्थाकी अध्यक्ष अमृता स्मृतिले बताइन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank