गोप्य ढंगले अन्तरिक्ष पठाएको शीतयुद्धकालको जासुसी भूउपग्रहले जे खिच्यो !

शुक्रबार, असार ६, २०७६



एजेन्सी । शीतयुद्धकालको जासुसी भूउपग्रहले खिचेको एक तस्बिरले नयाँ खुलासा गरेको छ । सो तस्बिरले हिमालय क्षेत्रमा गएको ४० वर्षमा हिउँको मात्रा निकै पग्लिएको खुलासा गरेको हो । वैज्ञानिकहरुले ४० वर्षको अवधीलाई अध्ययन गर्दा  अहिले हिउँ दोब्बर मात्रामा  पग्लिएको भेटाएका छन्  । अध्ययनले देखाएअनुसार हिउँ शून्य दशमलब ५ मिटरका दरले हरेक वर्ष घट्दै गइरहेको छ । अध्ययन साइन्स एडभान्सेज जर्नलमा प्रकाशित भएको छ ।

अनुसन्धाताहरुका अनुसार जलवायु परिवर्तनका कारणले नै यो अवस्था आएको हो । ‘‘यो अध्ययनले हिमनदीको अवस्था कसरी परवर्तन भएको छ भन्ने प्रष्ट चित्र देखिएको छ ।,’’ कोलम्बिया युनिभर्सिटीको लेमोन्ट डाहेर्टी अर्थ अब्जरभेटोरी न्यूयोर्कका अनुसन्धाता जोशुआ माउररले बीबीसीलाई बताएका छन् ।

Bhutan

१९७० र १९८०को दशकमा अमेरिकी जासुसी कार्यक्रममा कोडनेम्ड हेक्सागनले २० वटा भूउपग्रह अन्तरिक्षमा पठाएकोमा त्यसले गोप्य ढंगले पृथ्वीको तस्बिर खिचेको थियो । ती तस्बिरहरु फिल्मको रोलबाट लिइएका हुन् । ती सामग्रीहरुलाई सन् २०११मा वर्गिकृत गरिएको थियो ।

त्यसपछि अमेरिकी जिओलोजिकल सर्भेलाई वैज्ञानिक अध्ययनका लागि दिइएको थियो । त्यसमा नै हिमालय क्षेत्रको तस्बिर पनि रहेको थियो । ती तस्बिर र अहिलेका भूउपग्रहबाट खिचिएका नासा र जापानीज स्पेस एजेन्सी (जाक्सा)का तस्बिरलाई हेर्दा त्यो क्षेत्र कसरी परिवर्तन भयो भन्ने बारेमा अनुसन्धाताहरुले पत्ता लगाएका हुन् ।

कोलम्बिया युनिभर्सिटीको टोलीले हिमालय क्षेत्रका ६५० वटा हिमनदीको अध्ययन गर्दा  १९७५ र २०००को बीचमा औसत ४ बीएन टन हिउँ हरेक वर्ष पग्लिरहेको देखिएको छ । तर २००० र २०१६को अवधीमा ती हिमनदी दोब्बर छिटो अर्थात् ८ बिएन टन औसतमा हरेक वर्ष खेर गइरहेको पाइएको छ । माउररका अनुसार मापनको दृष्टिले हेर्दा ८ बीएन टन आइस भनेको ३ दशमलब २ मिलियन ओलम्पिक साइजका स्वीमिङ्ग पुलका लागि हरेक वर्ष पर्याप्त हुने मात्रा हो ।

Himalayas from the ISS

पग्लिने क्रम विभिन्न क्षेत्रमा फरक भएको र कतिपय क्षेत्रमा प्रति वर्ष ५ मिटरसम्म पातलिएको जनाइएको छ । हिमालय क्षेत्रमा तापक्रम बढेका कारण नै यो अवस्था आएको वैज्ञानिकहरुले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank