युवराज पाखा लागेपछी टोबहादुरले सम्हाले खेलकुदको कमाण्ड

शनिबार, चैत्र २६, २०७३

loading...


काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघको ईन्चार्ज तथा संयोजकमा पार्टीका नेता टोपबहादुर रायमाझी चयन भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिशडाँडामा भएको एक भेलाले महाधिवेशन नभएसम्मका लागि नेता रायमाझीलाई संयोजकका रुपमा छनौट गरिएको हो ।
पार्टीको एकता प्रक्रियामा आएका रामबहादुर थापा र मणी थापाको समुहलाई समेत समेट्दै २ सय ६१ जनाको सम्मेलन आयोजक समिति बनेको केन्द्रीय कार्यालय सदस्य सम्राट कुसारीले जानकारी दिए ।

महासंघको २१सदस्यीय केन्द्रीय कार्यालयमा  शिव कोईराला , अर्जुन के सि, राम बहादुर साउद, पहलसिङ घर्ती, जनक बर्तौला, सर्केश घलान, कुसुम श्रेस्ठ, रबिन्द्र महर्जन, मन्जु बम, हरी खड्का, अर्जुन बुढाथोकी, अन्जन धमला, राज कुमर कार्की, सम्राट कुसारी, रबिन्द्र श्रेष्ठ, र्इश्वर खपाङ्गी, दीपक महर्जन , वसन्त घर्ती, गनेश कक्षपती, किरन गिरी रहेका छन् ।
महासंघले जेठको अन्तीम साता सम्मेलन गरेर नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।
राखेपका पुर्व सदस्यसचिव युवराज लामाले संगठन चलाउन नसक्ने भन्दै राजिनामा दिएपछी नेतृत्वका लागि अर्जुन केसी र शिब कोइराला बीच चर्को गुटबन्दी भएपछी महासंघले पार्टी नेता रायमाझीलाई संयोजक छनौट गरेको हो ।

963 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv