पल्सर स्पोटर्स अवार्ड असारको तेस्रो साता  

आइतवार, जेष्ठ १२, २०७६



काठमाडौं । एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको १६ औ संस्करण असारको तेस्रो साता आयोजना हुने भएको छ ।

नेपाल खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको अवार्ड असार १७ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा हुने जानकारी गराएको छ ।

आईतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक संस्थाले अवार्डको मिति सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा मञ्च र अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिको बजाज पल्सर मोटरसाईकलबीच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी (देबेन्द्र) र प्रयोजक संस्थाका निर्देशक अभिमन्यु गोल्छाले प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार अवार्ड कार्यक्रमका लागि मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनीले साढे २८ लाख रुपैयाँ बराबरको नगद र जिन्सी उपलब्ध गराउनेछ ।

२०६० सालदेखि निरन्तर अवार्ड कार्यक्रम गर्दै आएको मञ्चले यस बर्ष एक विधा थप गर्दै १० विधामा अवार्ड वितरण गर्ने जनाएको छ ।

वर्षका उत्कृष्ट पुरुष खेलाडी, बर्षको उत्कृष्ट महिला खेलाडी, युवा बर्ष खेलाडी, बर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा खेलाडी, प्रशिक्षक, पुराना खेलकर्मीलाई अवार्ड कार्यक्रममा सम्मानित गरिनेछ ।

यस बर्ष ईन्टरनेसनल एसियन स्पोर्टस जर्नालिस्ट अवार्डको विधा समेत थप गरिएको छ ।  महिला र पुरुष बर्ष खेलाडी, युवा, प्रशिक्षक, पिपल्स च्वाइस र स्पेसल अवार्डका लागि खेलाडीको मनोनयन चाँडै सार्वजनीक गरिने मञ्चका महासचिव प्रज्जवल वलीले बताए ।

मञ्चका सचिव गोबिन्द रेग्मी संयोजकत्वको खेलाडी छनोट समितिले विभिन्न विधाको मनोनयनमा पर्ने खेलाडीको सुचि तयार पार्ने काम अन्तिम चरणमा पु¥याएको छ ।

लाइफटाइम, पारा र टिम अफ दि इयरको अवार्ड विजेता भने कार्यक्रमको दिननै घोषणा गरिनेछ ।

वर्ष खेलाडीको पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षकको गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाईकल पाउनेछन् । अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँ सहित गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।

प्रायोजक संस्थाका निर्देशक गोल्छाले सिंगो खेलकुद क्षेत्रलाई सम्मानित गर्ने अवार्ड कार्यक्रममा जोडिन पाउँदा खुसी लागेको बताए ।

देशलाई जोड्ने एक मात्र माध्यम खेलकुद क्षेत्र रहेको बताउँदै उहाँले खेलाडी र खेलकर्मीको बर्षभरीको मेहनतको मुल्याङ्कन अवार्डले गरेको उल्लेख गरे ।

मञ्चका अध्यक्ष सुबेदीले नेपाली खेलकुदकै प्रतिष्ठित अवार्ड कार्यक्रमलाई भब्य बनाउन सक्दो मेहनत गर्ने बताए । प्रत्येक वर्ष हुने अवार्ड कार्यक्रम फरक बनाउने चुनौती आफुहरु समक्ष रहेको बताउँदै उनले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरेर नयाँ चुनौती लिन तयार रहेको उल्लेख गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata