खेलाडी अलपत्र छाडेर खेलकुद विकास समितीका अध्यक्ष ‘फरार’

बुधबार, पुस १३, २०७३

loading...


पुर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भनेर दिईएको गाडी सुदूूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष दिपक साउँदले दुरुपयोग गरेका छन ।

खेलकुद आयोजनाको वारेमा अनुगमन निरीक्षण गर्नका लागि राष्टिय खेलकुद परिषदले खर्च व्यहोर्ने गरी दिएको गाडी लगेर क्षेत्रीय अध्यक्ष साउँद गृह जिल्ला अछामतिर पार्टीको कामका लागि गएका हुन ।

नेकपा माओवादी केन्द्रका अछाम जिल्ला अध्यक्ष समेत रहेका  साउँदले क्षेत्रीय खेलकुद विकास समितीका कर्मचारीहरुलाई अति आवश्यक काम परेको भन्दै खेलकुदको महाकुम्भ छोडेर पार्टीको काममा लागेका हुन ।

सातौ राष्टिय खेलकुदको उद्घाटन समारोहमा अन्तिम समयमा सहभागी भएर एक दुई दिन विराट नगरमा वसेर भ्रमण भत्ता लिएर क्षेत्रीय अध्यक्ष सुदूूरपश्चिम लागेका हुन । साउँदले चढिरहेको गाडीको खर्च अनुगमनका लागि भन्दै राष्टिय खेलकुद परिषदले भुक्तानी दिने वताईएको छ । राखेपले अनुगमनका लागि क्षेत्रीय टीमलाई एक लाख रकम दिने वताईएको छ ।

देशको गौरव रहेको खेलकुद भन्दा पनि पार्टीको कामका लागि सरकारी सम्पत्तिको दुरुपयोग भएको भन्दै क्षेत्रीय अध्यक्ष साउँदको चर्को आलोचना भएको छ । यता अनुगमनका लागि एक दर्जन वढी पार्टीका कार्यकर्ता ल्याएको भनेर नै क्षेत्रीय अध्यक्ष साउँदको व्यापक आलोचना भईरहेका वेला उनको चर्तिकला देखेर राष्टिय खेलकुद परिषदका कर्मचारी र पदाधिकारीहरु मात्रै होईन सुपवाट सहभागी भएका खेलाडी प्रशिक्षक र व्यवस्थापक छक्क परेका छन ।

अनुगमनका लागि ल्याएको टोलीमा चार जना महिलाहरु ल्याएको र आफुसँगै राखेको आरोप पनि क्षेत्रीय अध्यक्ष साउँदलाई लागेको छ । काम नभएका कारण आफु निकट महिला ल्याएपछि उनलाई धेरैले नियत गलत भएको वताएका छन ।

खेलाडी छनोटमा पनि राजनिति भएका कारण राम्रो नतिजा ल्याउन नसकेको अवस्थामा आफ्नो क्षेत्रका खेलाडीहरुको अवस्था समेत नवुझेको भन्दै खेलाडीहरु पनि उनीसँग रुष्ट भएका छन । सुप क्षेत्रका खेलाडीहरु घाईते भएको, राम्रो खाने वस्ने व्यवस्था नभएको र खेलाडीहरुको वारेमा केही पनि नवुझेर पार्टीको काममा जानु गलत भएको प्रशिक्षकको भनाई रहेको छ ।

पार्टी भित्रवाट नै अविश्वासको प्रस्ताव आएकोले सोही घटनालाई मिलाउनका लागि साउँद तुरुन्त अछाम पुगेका हुन । पार्टीका कार्यकर्ताहरुलाई लगेर गए पनि आफुसँग ल्याएका केहीलाई यतै नै छोडेपछि उनीहरुको समेत विचल्ली भएको छ ।

माओवादी केन्द्रवाट नै खेलकुद मन्त्री भएका कारण साउँदको हाली मुहाली चलेको स्रोतले जनाएको छ । क्षेत्रीय खेलकुद विकास समितीका कार्यालय प्रमुख प्रेम मल्लले आफुहरुलाई त्यस वारेमा कुनै जानकारी नभएको बताए । उनले क्षेत्रीय अध्यक्ष समापन समारोहमा आउने कुरा मात्रै थाहा पाएको जानकारी दिए ।

यता क्षेत्रीय अध्यक्ष साउँदले भने आफु पार्टीको अति आवश्यकीय काममा फर्किएको बताए । खेलाडीहरुले पोशाक नपाएको खाली खुट्टा दौडेर पदक जितिरहेको अवस्थामा क्षेत्रीय अध्यक्ष साउँदले आफुहरुले गाडी लगेर गएको र समापनमा आउने जानकारी दिए ।

1097 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv