पीसीआर परीक्षणको दायरा बढाउन सर्वोच्चको आदेश

बिहिबार, जेष्ठ १, २०७७



काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई पीसीआर परीक्षणको दायरा बढाउन आदेश दिएको छ । कोरोना भाइरस महामारीको आम नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आदेश दिएको हो ।

अधिवक्ता कमलबहादुर खत्री सहितले दायर गरेको रिट निवेदनमाथि बिहीबार सुनुवाई गर्दै अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

अदालतले विपक्षीलाई १५ दिनभित्र लिखित जवाफ सहित उपस्थित हुन समेत निर्देशन दिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments