स्पाइडर म्यान, एक्सम्यानको निर्माता स्टैन लीको निधन

मङ्लबार, कार्तिक २७, २०७५



अमेरिका । अमेरिका निवासी विश्व कमिक्सका चर्चित निर्माता स्टैन लीको निधन लस एन्जलसको अस्पतालमा भयो । ९५ बर्षीय स्टैन ली उपचारको क्रममा गत १२ नोभेम्बरमा यस धर्तीबाट विदा लिए ।

स्पाइडर म्यान, एक्सम्यान र ब्ल्याक प्यान्थर जस्ता चर्चित कमिक्सका निर्माता स्टैन लीले आफ्नो करियर सन् १९३९ मा सुरु गरेका थिए । सन् १९६१ मा मार्वल कमिक्स सँग जोडिएका उनी जीन्दगीभर कमिक्समा रमाई रहे ।

speidar man

दिंवगत स्टैन लीलाई मार्वल कमिक्सको निर्माता र कमिक्स इतिहासमा सबैभन्दा महान व्यक्ति मानिन्छ । उनले स्पाडर म्यान, एक्सम्यान, द फानटास्टीक फोर लगायत अन्य पात्रको सह निर्माण गरेका थिए । उनले ब्ल्याक एण्ड ह्वाइटको जमानामा नबिक्ने काटुर्नलाई सुपर हिरोज क्यारेक्टर निर्माण गर्दै बच्चामा लोकप्रिय बनाए ।

141 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank