विशेष राहत प्याकेज घोषणा गर्न देउवाको माग

बिहिबार, चैत्र १३, २०७६



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले विशेष राहत प्याकेजको घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार ट्विट मार्फत सभापति देउवाले भनेका छन् । विश्व भरी फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प हो। कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोक मारीको सिकार बन्न नपरोस् । म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विशेष राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु। भन्दै सरकारसँग माग गरेका छन् ।

मजदुर तथा श्रमिक वर्गहरू लकडाउन भइरहेको अवस्थामा उनीहरूको जीवन सुरक्षाको माग गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ लगायतले पनि विशेष राहतको प्याकेज घोषणा गर्न माग गरेका छन् ।

सरकारले कोभिड-१९ बाट बच्न देशभर लकडाउन गरेको छ । हाल सम्म नेपालमा तीन जनामा कोभिडको सङ्क्रमण देखा परेको छ । सङ्क्रमित मध्य एक जना पूर्ण रूपमा निको भइसकेका छन् भने दुई जना आइसुलेसनमा उपचारार्थ रहेका छन् ।

शेर बहादुर देउवाकाे ट्विट यस्ताे छ

sher

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments