सभामुख को हुने भन्नेबारे अझै अनिश्चित

बिहिबार, पुस १०, २०७६



काठमाडौं । निवर्तमान सभामुख कृष्ण बहादुर महरा निलम्बनमा परेसँगै रिक्त रहेको सभामुख पद चयन प्रक्रिया अघि बढेको छ ।  शुक्रबारबाट हुने भनिएको सभामुख चयन प्रक्रियाको अन्तिम चरणमा पुगेको भए पनि सभामुख को बन्ने भन्नेबारे अझै अन्यौलता कायम  रहेको छ ।

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएपनि सभामुख कसलाई बनाउने भन्ने बारे सहमति जुट्न नसकेको नेकपाले जनाएको छ । तत्कालिन नेकपाबाट पूर्व सभामुख एवम संसदिय दलका उपनेता सुवासचन्द नेम्वाङको नाम चर्चामा आएको छ भने पूर्व माओवादीबाट देव गुरुङलाई सभामुख बनाउन नेताहरु लबिङमा लागेका छन । सभामुख आफ्नो पक्षधरले पाउनु पर्ने माग गर्दै उनीहरुबीच छलफल जारी भएपनि कुरा मिल्न सकेको छैन । सभामुखका बिषयमा अन्तिम निर्णय गर्न शुक्रबार नेकपा  सचिवालयकाे बैठक बाेलाइएकाे छ ।

 उपसभामुख शिवमाया तुम्बाहाम्फेको  आज नै राजीनामा आउन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ । संविधान अनुसार सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गकाे हुनुपर्ने सबैधानिक प्रावधान अनुसार उपसभामुखको राजीनामा आउन लागेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments