नेपाल आएका एकजनाको कोरोना भाइरसका कारण स्पेनमा मृत्यु

बुधबार, फाल्गुन २१, २०७६



एजेन्सी । स्पेनमा कोरोना भाइरसको कारण एकजनाको मृत्यु भएको छ । डेलिमेलमा प्रकाशित समाचारअनुसार मृत्यु भएका ती व्यक्ति नेपालको भ्रमण गरेर फर्किएका थिए ।

उनको मृत्यु २० दिनअघि नै भएको भए पनि उनी नेपाल घुमेर फर्किएको र कोरोना भाइरसकै कारण भएको भालेन्सिया अस्पतालका स्वास्थ्यकर्मीको भनाई उद्धृत गर्दै डेलिमेलले जनाएको छ ।

स्पेनमा अहिलेसम्म १६५ जनामा कोरोनाभाइरस देखिएको छ । ४६ जना मड्रिडमै रहेको बताइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments