कोरोना संक्रमित स्पेनकी राजकुमारीको मृत्युु

आइतवार, चैत्र १६, २०७६



एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरस(कोभिड-१९)को संक्रमणबाट स्पेनकी राजकुमारी मारिया टेरेसाको मृत्यु भएको छ । कोरोना संक्रमण भएसँगै उपचारमा रहेकी उनको शनिबार निधन भएको हो ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी ८६ वर्षीया टेरेसाको कोरोना भाइरसको संक्रमणका कारण शनिबार निधन भएको भाइ हेनरीले बताएका छन् ।

कोरोना भाइरसबाट स्पेनमा राजपरिवारमा पहिलो सदस्यको मृत्यु भएको जनाइएको छ । त्यस्तै बेलायतका राजकुमार चार्ल्सलाई पनि कोरोना भाइरस संक्रमण भएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments