स्पेनले फ्रान्स र पोर्चुगलसँगको सीमा नाकाहरू खुला गर्ने

शुक्रबार, जेष्ठ २३, २०७७



एजेन्सी । कोरोना भाइरसको अत्यधिक सङ्क्रमण भएका मुलुकहरूमध्येको यूरोपेली मुलुक स्पेनले महामारी नियन्त्रणका लागि बन्द रहेका फ्रान्स र पोर्चुगलसँगको सीमा नाकाहरूलाई आगामी जुन २२ पछि खुला गर्ने भएको छ ।

स्पेनका पर्यटनमन्त्री रेयस मारोटोले सञ्चारमाध्यमसँग बिहीबार भने, “स्पेनमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या क्रमशः कम हुँदै गएको र देशले सङ्क्रमण फैलिनबाट रोक्ने प्रयासस्वरूप विगतमा लिएका उपायलाई क्रमशः खुकुलो पार्ने नीति लिएको छ । यसै अनुरूप यही जुन २२ पछि फ्रान्स र पोर्चुगलसँगको सीमानाका लाई पुनः सञ्चालनमा ल्याइनेछ ।”

स्पेनले गत मे १५ पछि स्पेन प्रवेश गर्ने व्यक्तिले अनिवार्य दुई हप्ता ‘सेल्फ आइसोलेसन’ मा बस्नुपर्ने गरी अन्तर्राष्ट्रिय आगमनलाई खुला गरेको थियो । यो उपाय हवाई मार्ग, जल वा स्थल मार्गबाट आउने यात्रुका लागि जुलाई १ सम्मका लागि बाध्यकारी रहने निर्णय स्पेन सरकारले यस पहिले नै गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments