स्पेनमा सार्वजनिक यातायातमा मास्कको प्रयोग अनिवार्य

आइतवार, बैशाख २१, २०७७



एजेन्सी । कोरोना भाइरसका कारण सबैभन्दा बढी संक्रमति युरोपेली मुलुक स्पेनमा सार्वजनिक यातायातको प्रयोग गर्दा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम लागू गरिएको छ ।

यस्तै स्पेनले सोमबारदेखि लकडाउन खुकुलो पार्ने तयारी गरिरहेको छ । लकडाउन खुकुलो भएसँगै त्यहाँ सार्वजनिक यातायातको प्रयोग गर्दा अनिवार्य रुपमा मास्ककको प्रयोग गर्नुपर्ने नियम लागू गरेको हो ।

प्रधानमन्त्री पेड्रो सान्चेजले सरकारले ६० लाख मास्क वितरण गर्ने योजना रहेको बताएका छन् । विशेष गरी ती मास्कहरु सार्वजनिक यातायातका स्टेशनहरुमा वितरण गरिने छ ।

यस्तै थप ७० लाख मास्क स्थानीय अधिकारीलाई प्रदान गर्ने प्रधानमन्त्री सान्चेजले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments