कोरना युरोपमा पनि, स्पेनमा एक व्यक्ति संक्रमित

शनिबार, माघ १८, २०७६



एजेन्सी । विश्वभरी नै संकलकाल घोषणा गरिएको नोवेल कोरोना भाइरस स्पेनमा पनि भेटिएको छ । शनिबार स्पेनको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि गरेको छ ।

स्पेनको आइसल्यान्ड गोमोरामा एक जर्मन नागरिकमाथि कोरोना भाइरसको संक्रमण भेटिएको हो । कोरोनाबाट संक्रमित ती जर्मन नागरिकलाई स्पेनको अस्पतालले उच्च निगरानीमा राखेको छ ।

शनिबार बिहानसम्मकाे खबर अनुसार चीनमा ११ हजार ७ सय ९१ जनामा काेराेना भाइरस भेटिएकाे पुष्टि भएकाे छ । २५९ जनाकाे मृत्यु भइसकेकाे छ । २४३ जना अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएकाे सिन्हवाले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments