दक्षिण सुडानका उपराष्ट्रपतिलाई कोरोना संक्रमण

मङ्लबार, जेष्ठ ६, २०७७



काठमाडौं । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशरलाई कोरोना संक्रमण भएको छ । उपराष्ट्रपति माशरसँगै उनकी श्रीमती एवं रक्षामन्त्री एजेलिना टेनीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

उपराष्ट्रपति माशर ६० वर्षका छन् । उनमा कोरोना भए नभएको मे १३ मा परीक्षण गरिएको थियो ।

माशरका अंगरक्षक र स्टाफमा पनि कोरोना संक्रमण देखिएको समाचार छ । दक्षिण सुडानमा २३६ जनामा संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भइसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments