मात्र ६ दिन बाँकी रंगशाला बन्दै

मङ्लबार, मंसिर १०, २०७६



काठमाडौं । दक्षिण एशियाली खेलकुद (साग)को उद्घाटन हुन ६ दिन बाँकी छ ।  काठमाडौंको एक मात्र दशरथ रंगशालाको पूनर्निमाण भने अझै सम्पन्न हुन सकेको छैन ।

वि.स. २०७२ को भूकम्प पश्चात चर्किएको रगशालाको निर्माण कार्य पूरा हुन नसक्दा खेलाडीहरु निरास बनेका छन । दक्षिण एसियाली खेलकुदको आयोजक राष्ट्र नेपाल १३ औं सागको मुख्य स्थल रंगशाला निर्माणमा युद्धस्तरमा खटिरहेको छ ।
आगामी मंसिर १५ गते हुने सागको उद्घाटनको चटारोमा आयोजक समिति लागेको छ ।

sag-game-dasharath-

रंगशालाको प्यारापीट निर्माण सम्पन्न भइसकेको छ भने रंगरोगन, छानो, कुर्सी, स्कोर बोर्ड, चेन्जिङ रुम तयार भइसकेको जनाइएको छ ।  रंगशालाको भिआइपी प्यारापिटमा धमाधम छानो हाल्ने काम भइरहेको राखेपले जनाएको छ । चिनियाँ प्राविधिकको सहयोगमा धमाधम बन्दै गरेको रगशाला खेल शुरु हुने समय सम्ममा आकर्षक बनाइने जनाइएको छ । वर्षाैदेखि निर्माण सम्पन्न नुहुँदा नेपाली खेलाडीहरु भने मर्कामा परेको खेलाडीहरुको गुनासो रहेको छ ।

सन १९८४ र १९९० मा सफल सागको आयोजना गरेको नेपालले यस पटकको आयोजनामा कुनै कमी हुन नदिने राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले जनाएका छन ।  संरचना निर्माणकै कारणले खेल नरोकिने दाबी गर्दै सिलवालले भने, हामी निर्धारित समयमा सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने छौं ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata