दक्षिणी अमेरिकामा आँधीका कारण ८ जनाको मृत्यु

आइतवार, पुस २७, २०७६



एजेन्सी । दक्षिणी अमेरिकामा आँधीका कारण कम्तिमा ८ जनाको मृत्यु भएको छ । अलाबामा, लुजियाना र टेक्सास लगायतका क्षेत्रमा वर्षा र तीब्र गतिमा हावा चलेको बताइएको छ ।

आँधीका कारण हजारौं मानिसहरु बत्ती नभएर प्रभावित भएका छन् । साथै घरहरु भत्किएका छन् र सडकमा बाढी पसेको छ ।

केही टोर्नाडो आँधीको चेतावनी समेत शनिबार दिइएको थियो । त्यसमा अलाबामामा बढी खतरा भएको जनाइएको छ । एक व्यक्ति घरमा रुख ढल्दा मारिएका छन् ।

 मिसौरी, ओक्लाहोमा र अर्कान्सास लगायतका क्षेत्रमा पनि सम्पतिको ठूलो क्षति भएको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments