दक्षिण अफ्रिकाका सम्पूर्ण क्रिकेट गतिविधिहरु स्थगित

मङ्लबार, चैत्र ४, २०७६



एजेन्सी । क्रिकेट दक्षिण अफ्रिका (सीएसए)ले सम्पूर्ण क्रिकेट प्रतियोगिताहरु स्थगित गरेको छ ।  दक्षिण अफ्रिकाले आगिमि ६० दिनसम्मका लागि सम्पूर्ण खाले घरेलु क्रिकेट प्रतियोगिता तथा अन्य सिरिजहरु स्थगित गरेको हो ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणबाट जोगिनका लागि सम्पूर्ण खाले क्रिकेट लिगहरु स्थगित गरेको हो । दक्षिण अफ्रिकाका आयोजना भइरहेको साउथ अफ्रिका प्रिमियर डिभिजन पनि स्थगित भएको छ ।

दक्षिण अफ्रिकामा हाल अन्य खेलकुद गतिविधिहरु पनि स्थगित भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments