कराँते र तेक्दान्दाेमा नेपालले प्राप्त गर्याे स्वर्ण

सोमवार, मंसिर १६, २०७६



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष एकल काँतामा विजयी हुँदै नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् ।   सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा सोमबार बिहान भएको फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भएका हुन् ।

मन्डेले २५ दशमलब ७२ अंक जोडदै स्वर्ण हात पारेका हुन । उनका प्रतिस्पर्धी पाकिस्तानी खेलाडीले २४ दशमलब ९२ अंक मात्र जोडे । सेमिफाइनलमा बंगलादेशका खेलाडीलाई पछि मन्डे फाइनलमा पुगेका थिए । मन्डेले २४ तथा बंगलादेशका खेलाडीले २२ दशमलब ८ अंक जोडे । श्रीलंकाका सोन्थारारासा बालुराज पाकिस्तानका नियामतुल्लाहसँग पराजित हुँदै कास्यमा सिमित भए ।

यसअघि महिला एकल कातामा भने नेपालकी चञ्चला दनुवारले रजत पदक जितिन् । उनी फाइनलमा पाकिस्तानकी साहिदासँग पछि परिन् । चन्चलाले फाइनलमा २४ दशमलब ६२ अंक जोड्दा साहीदाले २४ दशमलब ६२ अंक जोडेकी थिइन । महिला टिम कातामा नेपाल फाइनलमा प्रवेश गरेको छ ।

त्यस्तै तेक्वान्दोमा कमल श्रेष्ठले स्वर्ण जितेका छन् । जारी सागमा नेपाललाई दोस्रो स्वर्ण दिलाएका कमलले भारतका राहुल जैनलाई हराउँदै स्वर्ण हात पारे । तेक्वान्दोको पुम्से इभेन्ट्समा उनले आठ दशमलव २७० अंक प्राप्त गर्दै स्वर्ण हात पारे । दोस्रो स्थानमा रहेका राहुलले ८ दशमलव २०० अंक प्राप्त गरे । तेस्रो स्थानमा श्रीलंकाका खेलाडी रहेख। उनले ८ दशलमव ५० अंक प्राप्त गरे ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata