मुटु-मुटु जोडिदिने प्रीतको कुरा

शनिबार, पुस २, २०७३

loading...

- शोभा न्यौपाने

आँखाहरु भरिएर कोशबाट झर्न खोज्दाsova
भुमरिमा परिएर होश पर सर्न खोज्दा
दिलभित्र देख्यौ भने
मेरै चित्र लेख्यौ भने
हीतको कुरा हो मान हीतको कुरा हो
मुटु-मुटु जोडिदिने प्रीतको कुरा हो

सपनाको बँगैचामा रमझम छर्न खोज्दा
मायालुको संगतीमा घरजम गर्न खोज्दा
मेरै आँगन टेक्यौ भने
बाधा–बिरोध छेक्यौ भने
रीतको कुरा हो मान रीतको कुरा हो
मुटु-मुटु जोडिदिने प्रीतको कुरा हो

मुस्कानको दौलतले सबको झोली भर्न खोज्दा
दुःखदर्द संकटमा एक्लै खोली तर्न खोज्दा
मायाले मन सेक्यौ भने
खुशीका गान लेख्यौ भने
जीतको कुरा हो मान जीतको कुरा हो
मुटु-मुटु जोडिदिने प्रीतको कुरा हो

737 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!