१२ घण्टाको मन्थनपछि सोनिया गान्धी अन्तरिम अध्यक्ष

आइतवार, साउन २६, २०७६



नयाँ दिल्ली । दुई महिनाको अनिश्चिता तोड्दै भारतीय कांग्रेस पार्टीले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाएको छ ।

गत शनिबार १२ घण्टाको मन्थन पछि कांग्रेस कार्यसमितिको बैठकले पूर्व अध्यक्ष सोनिया गान्धीलाई अन्तरिम अध्यक्षमा चुनेको हो । निवर्तमान अध्यक्ष राहुल गान्धीले भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा कांग्रेस पार्टीको नराम्रो हारको नैतिक जिम्मेवारी लिदैं अध्यक्ष पदबाट राजनामा दिएका थिए ।
सन २०१७ देखि कांग्रेस अध्यक्ष बनेका राहुल गान्धीले २५ मे मा कांग्रेस कार्यसमिति समक्ष राजीनामा पेश गरेका थिए । पटक पटक तमाम कांग्रेस नेताहरुले राहुललाई राजीनामा फिर्ता लिन अनुरोध गरेपनि उनी आफ्नो निर्णयमा अडिग रहन पुगे । फलस्वरुप दुई महिना पछि कांग्रेस कार्यसमितिले सोनिया गान्धीलाई अन्तरिम अध्यक्षमा चुन्न विवश भएको हो ।

बताइए अनुसार, बैठकको शुरुमा सोनिया गान्धी अध्यक्ष बन्न ईच्छुक थिइनन । तर परिस्थिती यस्तो बन्यो कि कांग्रेस पार्टीलाई जोगाउन उनी नै एक मात्र उपयूक्त पात्र र उत्तम विकल्प हुन पुगिन । कांग्रेस महामन्त्री प्रियंका गान्धी र पि चिदम्बरमको अनुरोधपछि ७२ वर्षीय यूपिए नेता सोनियाले उक्त पद स्विकार गरिन ।

सन १९९८ देखि २०१७ सम्म १९ वर्ष कांग्रेस अध्यक्ष रहेकी सोनिया परिस्थितीले फेरी एक पटक कांग्रेस अध्यक्ष बन्न बाध्य भएकी छिन ।  कांग्रेस कार्यसमितिले अन्तरिम अध्यक्ष सोनियाबाट कांग्रेस पार्टीको निम्ती नयाँ टिम तयार गर्दै पार्टीलाई पूर्नजीवन दिने अपेक्षा राखेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata