हेलिकप्टर चार्टर गरि सुत्केरी महिलाको ज्यान जोगियो

बिहिबार, चैत्र ८, २०७४



काठमाडौं । अत्यधिक रक्तश्रावका कारण मृत्युको मुखमा परेकी एक सुत्केरी महिलाको उद्दार भएको छ । महाकुलुङ गाउपालिका वडा २ सोलुखुम्बु पेल्माङ तिन्दुमा बस्ने कालुमान कुलुङ कि श्रीमती रानीसिता कुलुङ को साल अड्कियर आत्याधिक रक्तस्राव कारण छटपटिरहेकी रानीसीताको उद्दार भएको हो ।

गाउँपालिकामा बर्थिङ सेन्टर टाढा भएका कारण घरमै बच्चा जन्माउन खोज्दा सुत्केरी महिलाको साल अट्कीएर छटपटीरहेकी रानीसीताको उपचारका लागि उनका श्रीमानले लुक्लाबाट हेलिकप्टर मगाएर जिल्ला अस्पताल पुर्याएको थियो । अध्यधिक रत्तरश्रावका कारण जिल्ला अस्पताल फाप्लुमा उपचार हुन नसक्दा मिसन अस्पताल ओखलढुङगामा ल्याएर उपचार गरेको आफन्तले जनाएका छन् । भौगोलिक विकटता र गाउँपालिकामा नजिकै बर्थिङ सेन्टर नहुँदा घरमै सुत्केरी गर्न बाध्य भएको उनका आफन्तले गुनासो गरेका छन् ।

रानीसीताको रक्तश्राव नरोकीएपछि स्वास्थ्य चौकी छेस्काम जानकारी गराउदा छेस्काममा कार्यरत अनमी रेश्मा मोक्तान घरमै गएर परामर्श गरेकी थिइन् । उनको अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य चौकी छेस्कामका अहेव नरेन्द्र थ्यायत लगायतको टिमले उद्दार गरि ओखलढुङ्गा ल्याएको स्वास्थ्यकर्मीले जनाएका छन् । स्वास्थ्य चौकीमा गएर नै बच्चा जन्माउनु पर्छ भनेर स्वास्थ्यकर्मी ,एनजिओ आईएनजिओ लागेको भए पनि कतिपय महिलाहरु घरमै बच्चा जन्माउने गरेको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु प्रमुख डा.मिनमार छिरिङ सेर्पाले नेपाल पाटीलाई जनाएका छन् ।

डा. सेर्पाका अनुसार गर्भवती महिलाले चार पटक स्वास्थ्य जाँच गराउनु पर्ने भएता पनि अधिंकास गर्भवति महिलाहरु पहिलो चरणमा मात्रै चेकजाँच गर्ने गरेको र चौथो पटक पु्ग्दा स्वास्थ्य चौकी नआउने गरेको बताए । ओखलढुङगामा उपचार भएपछि अहिले आमा र बच्चा खतरा मुक्त रहेको उपचारमा स‌लग्न स्वास्थ्यकर्मीले  जनाएका छन् ।

286 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank