माझि बस्ती निर्माण गर्ने श्वेताको सपना अन्तिम अवस्थामा

सोमवार, चैत्र २५, २०७५



काठमाडौं । २०७२ साल बैसाख १२ गतेको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षती गर्यो । भुकम्प पश्चात सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले भूकम्प पीडितहरुका लागि विभिन्न राहतका कार्यक्रम घोषणा गरे ।

भुकम्प गएको तीन बर्ष वितिसक्दा पनि राज्यले  पूर्ननिर्माणकाे काम उल्लेखनीय ढंगले सम्पन्न गर्न सकेको देखिदैन ।  कयौं भुकम्प पीडित अहिले पनि खुला आकाश मुनि बास बस्न बाध्य छन् । राहतको नाममा आएका पालहरु समेत केही राजनीतिजीवि र कर्मचारीले दुरुपयाेग गरेकाे  सर्वसाधरणहरुले भोगेकै हुन् ।

भुकम्प पीडितका लागि मलम दिने उद्धेश्यले नायिका श्वेता खड्काले श्वेता श्री फाउण्डेशन मार्फत  सिन्धुपाल्चोकको माझि बस्तीमा पूर्ननिमार्णको काम गर्ने अठोट गरिन । त्यो कुनै सरल र सहज थिएन । उनले माझि बस्ती निर्माणको जिम्मा लिदैं गर्दा उनलाई कतिपयले उपहास गरे । नायिका खड्काले गत शुक्रबार फेसबुक स्टाटटस लेख्दै माझि बस्ती निर्माणको बारेमा जानकारी दिएकी छिन् ।

उनले लेखेकी छिन् सानो घर, हाम्रो रहरको सपना साँचेका मेरा प्रिय माझी बस्तिका दाजुभाइ तथा दिदिबहिनीहरुसंग हातेमालाे गर्दै यहाँ सम्म आइपुगियो । धेरै कष्ट सहियो , धेरै हण्डर खाइयो । कतिले गाली गरे अनि कतिले आँखा तरे । कोहीले आश देखाए भने कोहीले उपहास गरे । तर सहयोगीहरुको साथ र माझी बस्तिका युवाहरुको हातका कारण हामी, हाम्रो सपनालाई बिपनामा परिणत गर्ने तरखरमा छौ । अझै केहि काम बाँकी छन । म एक्लैले ,अपुरो कामलाई पुरा गर्न सम्भव छैन । आउनुस अझै मौका छ । नमुना माझी बस्तीमा आ-आफ्नो योगदान गरौ ।

maghi

पछिल्लो समय राहतको नाममा सामाजिक संञ्जाल मार्फत होस या मिडिया मार्फत आफुलाई उद्धारवादी ठान्नेहरुका लागि नायिका खड्का एक उदाहरणीय पात्र बन्न पुगेकी छिन् । थुप्रै समस्याका बाबजुद पनि उनले  माझिबस्तीमा ५३ घर  ठड्याउन सफल बनेकी छिन् । श्वेताको यस महान कार्यलाई माझि  बस्तीले सदा स्मरण गरिरहनेछ । साथै श्वेताको सेवा गर्ने भावनाको च्याउ जसरी उम्रेका समाजसेवीले बुझ्नु र सिको गर्नु जरुरी देखिन्छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata