अष्ट्रेलियासँग नेपाल पराजित

शुक्रबार, अशोज २४, २०७६



काठमाडौं । विश्वकप छनोटको दोस्रो चरणमा नेपाल अस्ट्रेलियासँग ५–० को गोल अन्तरले पराजित भएको छ । अष्ट्रेलियाको क्यानबेरामा भएको खेलमा नतिजा नेपालको विपक्षमा आएको हो ।

अस्ट्रेलियाका जिमि म्याकलेमको ह्याट्रिक तथा ह्यारी सौटरले २ गोल गरेका थिए । नेपाल सुरुवातादेखि नै निरन्तर दबाबमा थियो । खेलको छैठौं मिनेटमै अस्ट्रेलिया सुरुवाती अग्रता लिन सफल भयो । नेपालका गोलकिपर किरण चेम्जोङले सेभ गरेको बल रिबाउन्ड भएपछि जिमिले त्यसकाे फाइदा उठाउँदै पहिलो गोल गरेका थिए । १९ औं मिनेटमा जिमिले नै दोस्रो गोल थपे ।

२४ औं मिनेटमा ह्यारीले अग्रता तेब्बर बनाए । त्यो उनको डेब्यू गोल पनि थियो । ५९ औं मिनेटमा दिनेश राजवंशीले आत्मघाती गोल गरेका थिए ।

खेलको अन्तिम मिनेटमा गोल गर्दै जिमिले अस्ट्रेलियाका लागि पाँचौं गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरे ।

विश्वकप छनोटअन्तर्गत अहिलेसम्म ३ वटा खेल खेलेको नेपालको यो दोस्रो हार हो । गत महिना पहिलो खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको थियो । सो खेलमा दुवै गोल अन्जन विष्टले गरेका थिए ।

अष्ट्रेलियाले भने आफ्ना दुवै खेल जितेको छ । यसअघि उसले कुवेतलाई ३–० ले पराजित गरेको थियो ।

नेपाली टिम :

गोलकिपर: किरण चेम्जोङ (कप्तान)
फिडेन्स: रञ्जित धिमार, दिनेश राजवंशी, देवेन्द्र तामाङ, अनन्त तामाङ
मिडफिल्ड: रोहित चन्द, सुजल श्रेष्ठ, अन्जन विष्ट, रवि पासवान, विशाल राई
फरवार्ड: अभिषेक रिजाल

प्रयुक्त सब्स्टिच्युट :
सन्तोष तामाङ, विक्रम लामा, विमल घर्तिमगर

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata