एल्पस हिमश्रृखलामा भारी हिमपात, २० मानिसले ज्यान गुमाए

सोमवार, पुस ३०, २०७५



यूरोप । डिसेम्बर महिना लागेसँगै यूरोपमा पर्ने हिमपातको कारण जनवरी १३ सम्ममा २० मानिसले जीवन गुमाउनु परेको छ ।  यात्राको दौरान तुफानमा फस्ने, अत्यधिक हिमपातको कारण विजुलीको प्रसारणमा अबरोध आउने र अत्यधिक चिसोका कारण मानिसहरुले जीवन गुमाउन पुगेका हुन् ।

ग्रिसको अल्पाइन गाउँमा भारी हिमपातको कारण ठुलो मात्रामा मानविय क्षती हुन पुगेको अन्तराष्ट्रिय संञ्चार माध्यमले जनाएका छन् । आउने दिनमा व्यापक हिमपात हुने ग्रिस सरकारको मौसम विभागले जनाएको छ ।

a

करिब १५० सेन्टिमिटर हिँउ खस्ने अनुमान गरिदा मानव जीवन झनै कष्टकर बन्ने छ । डिसेम्बर देखी मार्चको पहिलो हप्ता सम्म खस्ने भारी हिमपातमा यूरोपभर अनेकौं सवारी दुर्घटना हुने गर्दछ ।

snow

यूरोपको एल्पस हिमश्रृखला पूर्वमा अष्ट्रीया, स्लोभेनिया देखी इटली, स्वीजल्याण्ड, लिस्टेनस्टाईन, जर्मनी हुँदै पश्चिममा फ्रान्स सम्म फैलिएको छ । यूरोपको सकारात्मक र नकारात्मक दुबै मानिने हिमपातका कारण आगामी दिन झनै कष्टकर बन्ने संकेत एल्पस हिमश्रृखलामा देखिएको भारी हिमपातले देखाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments