हिमपातका कारण एकको मृत्यु, तीन लाख घर विद्युतविहीन

शनिबार, कार्तिक ३०, २०७६



एजेन्सी । अत्याधिक हिमपातका कारण फ्रान्सको दक्षिणपूर्वी क्षेत्रमा एक व्यक्तिको ज्यान गएको  छ । अधिकारिहरूले शुक्रबार बताएअनुसार  हिमपातकै कारण अरु तीन लाखभन्दा बढी स्थानीय घरमा विद्युत सेवा अवरुद्ध भएको छ।

रेल तथा सडक ट्राफिकले दिएको जानकारीअनुसार ६३ बर्षीया पुरुषको बिहीबार बेलुका निधन भएको हो । बाटोमा ढलेको रुख र हिउँ हटाउने क्रममा अर्को रुख ढलेर किच्दा वृद्धको मृत्यु भएको हो ।

विषेशगरेर ड्रोम, अर्डेच, इसेर, ल्योन र ग्रेनोबललगायतका क्षेत्रमा हिमपातका कारण बढी असर परेको र विद्युत सेवा अवरुद्ध भएको एक जना प्रवक्ताले बताएका छन् । हिमपातका कारण यसरी ठूलो क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको यो अपवादको घटना भएको अधिकारीहरुको भनाई छ ।

प्रवक्ता रोबिन डेभोगेलेइर भन्छन- “हिउँका कारण विद्युत प्रवाहमा समस्या भएकाले विद्युत सेवा अवरुद्ध भएको हो । यस  क्षेत्रमा झण्डै एक फिटसम्म हिउँ जमेको छ ।”

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata