संसद भवनमा ईश्वरको खोजी

बिहिबार, बैशाख २७, २०७५



काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् ।

बुधबार सरकारले पेश गरेका तीन वटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका सुवालले संसदमा ईश्वरको खोजी गरेका हुन् ।

आजको नागरिकले दोस्रो पृष्ठमा यो समाचार छापेको छ । मुख्यतः सपथको भाषामा ुईश्वरका नाममा सपथ खानेछुु भन्ने प्रावधानप्रति आपत्ति जनाउँदै सरकारले ईश्वर खोजिदिनुपर्ने माग गरेका हुन् ।

ुजब सपथमा देश र जनताको नाममा भनिसकेपछि ईश्वरको नाममा किन खानुपर्यो, जसलाई ईश्वर छ भन्ने विश्वास छ, त्यसले यहाँ छन् भनेर देखाउनुपर्यो, नत्र त्यो प्रावधान हटाउनुपर्योु, सुवालले संसदमा भने, ुनत्र सरकारले ईश्वर खोजेर ल्याइदिनु पर्यो ।ु

150 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank