पाँचखाल पुग्यो सलह

सोमवार, असार १५, २०७७



काठमाडौं । शनिबारदेखि  नेपाल भित्रिएको सलह किरा काभ्रेको पाँचखाल पुगेको छ । पाँचखाल नगरपालिकाका वडा नम्बर २, ३, ४ र ७ मा सलह देखिएको नगर प्रमुख महेश खरेलले बताएका छन् ।

“सलह देखिएको ठाउँमा आगो बालेर धुवाँ निकाल्ने, थाल ठटाउने होहल्ला गर्ने, ध्वनी निकाल्नेलगायतका कार्य भइरहेका छन्,” उनले भने ।

केही सयको झुन्डमा सलह देखिएको र ठुलो झुन्ड भने देखिएको छैन । सबै वडाअध्यक्ष र कृषि प्राविधिक पनि नियन्त्रण पहलमा लागेको उनले बताए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments