यूएई दुर्घटना : ६ जनाको मृत्यु, नेपाली कामदार अधिकांश घाइते

शुक्रबार, माघ ३, २०७६



एजेन्सी । यूएईमा बिहीबार भएको बस दुर्घटनामा घाइते हुनेमध्ये अधिकांश नेपाली रहेको स्थानीय अखबार खालिज टाइम्सले जनाएको छ । सो अखबारका अनुसार १९ जना घाइतेमा अधिकांश नेपालका र त्यसपछि श्रीलंका र युगाण्डाका नागरिक रहेको सो  जनाइएको छ ।

उक्त घटनामा मृत्यु भएका ६ जनामध्ये ५ जना महिला र एक पुरुष भएको बताइको छ ।  मृत्यु हुनेमा एक जना नेपाली, एकजना श्रीलंकन र अर्का एकजना पाकिस्तानी ड्राइभर भएको बताइए पनि उनीहरुको नाम खुलाइएको छैन ।

मृत्यु हुने बाँकी तीन जना कुन देशका हुन् भन्नेसमेत नखुलेको सो समाचारमा जनाइएको छ । मृत्यु हुने र घाइतेको नाम सार्वजनिक गरिएको छैन ।

स्थानीय सामाजिक कार्यकर्ता एमएम नासर कन्हागाडले पनि मृतकको नाम नखुलेको खालिज टाइम्ससँगको कुराकानीमा बताएका छन् । प्रहरीले लापरवाहीपूर्ण तरिकाले चलाएकाले सो बस दुर्घटना भएको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments