बालुवाटार छिरेकी उपसभामुख तुम्बाहाम्फेले भनिन्, जे गर्नु पर्छ गर्नुस् राजीनामा दिन्न

सभामुखको टुङ्गो नलाग्दा संसद बैठक स्थगित

आइतवार, पुस २७, २०७६



काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महरा बलात्कारको अभियोग लागेसँगै रिक्त रहेको सभामुखको टुङ्गाे झनै पेचिलाे बन्न पुगेकेा छ । पार्टीकाे अध्यक्षद्वयलाई भेट्न वालुवाटार पुगेकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले प्रष्ट शब्दमा भनिन्, नगरेको गल्तीको सजाय भोगिदैन । नेतृत्वले उपसभामुखबाट राजीनामा दिएर मार्ग खुला गर्न गरेको अनुरोध पछि उनले भनिन,  जे गर्नु पर्छ गर्नुस् राजीनामा दिन्न  ।

संसदमा बहुमत रहेको सत्तारुढ दल नेकपाले सभामुख पद नेकपाले नै राख्ने निर्णय सचिवालय बैठकले गरेसँगै उपसभामुख पद सविधानत आफै राख्न मिल्दैन । नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाम्फको राजीनामा माग्ने निर्णय गरेपछि उपसभामुख तुम्बाहाम्फेले नेकपाकाे निर्णय  आफूलाई नलाग्ने बताउँदै आइरहेकी छिन । आफू  दलको सदस्य नरहेको कारण राजीनामा नदिने अडान लिएसँगै सभामुख चयन प्रक्रिया झनै जटिल माेडमा प्रवेश गरेकाे छ ।

सभामुख चयनकाे लागि पहिलाे पटक  पुस ४ गते बोलाएको संसद् बैठक पुस ११ गते सारियाे ।  ११ गतेको बाेलाइएकाे बैठक पून : सूचना टाँस गरि पुस १६ र फेरी सूचना टाँस गर्दै पुस २७ गतेका लागि  स्थगित गरियाे । आज  बस्ने भनिएकाे ससद बैठक  उपसभामुखले पद खाली नगरेकै कारण माघ ६ गते सम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । संसद्को हिउँदे अधिवेशन सुरु भएको करिब एक महिनासम्म पनि बैठक बस्न नसक्दा संसद्को नियमित कामकाज प्रभावित हुँदै आएको छ । प्रतिपक्षी दलहरूले सत्तारुढ दलकाे अक्रमण्यताले संसद् बैठक प्रभावित भएको भन्दै आलोचना गरिरहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments