रुष्ट सिटौलाले गरे देउवा बैठक बहिस्कार

सोमवार, चैत्र २५, २०७५



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस भित्र चर्काे असन्तुष्टि देखिएको छ । चरम गुटबन्दीका कारण थला परेको कांग्रेसमा मुख्य गरि तीनवटा धार रहेका छन् । सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला गरि तीनवटा खेमा रहेका छन् ।

कार्यसम्पादनमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच ६०- ४० को भागवण्डामा सहमति भएपछि  सिटौला देउवा र पौडेल प्रति रुष्ट बनेका छन् ।  देउवा र पौडेलकाे आन्तरिक सहमति पछि  आफ्नो पक्षलाई कुनै स्थान नदिइएको भन्दै  शेरबहादुर देउवा निवासमा बोलाइएको बैठक  सिटौला पक्षले बहिस्कार गरेको स्रोतले जनाएको छ ।

१३ औ महाधिबेशनपछि पौडेल र सिटौलाबीच बिग्रिएको समबन्ध सुध्रिएको भए पनि कार्यसम्पादन समितिमा पौडेलले देउवासँग सहमति गरेपछि सिटौला फेरि एक्लिएका हुन् । वरिष्ट नेता पौडेलसँग छलफलका क्रममा ४० प्रतिशत भित्र आफुलाई पनि समेट्न अनुरोध गरेको भए पनि पौडेलले १३ औं महाधिबेशनमा सहयोग नगरेको तथ्य प्रस्तुत गर्दै ६० भित्र समेट्न सुझाव दिए । निर्वाचन पश्चात देउवा विरुद्ध मोर्चा बन्दी गर्न  पौडेल र सिटौला एक हुँदै आएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata