ध्वनि यन्त्र – सीता ओझा

शनिबार, फाल्गुन ११, २०७५



लामो प्रतिक्षाको अस्थिर मनस्थिति

तिम्रो ख्यालमा तरङ्गीएका अविरल भेलहरू
क्रमवद्दतामा अडिएका मेरा प्रतिक्षाका पलहरू
सायद
निरासातिर विस्तारै रै उन्मुख हुदै थिए ।

अनायास
मेरो ध्वनि यन्त्रको
किरिङ किरिङ आवाजले
तिम्रा दुइचार ध्वनि पत्रहरू तरङ्गिए
ती तिम्रा प्रेमपुर्ण सरल वाक्यहरूले
मेरो मनोविज्ञान स्तब्धतामा बदलियो ।

अनियन्त्रित धमिल्लिएको भेलभित्र
तिम्रो सानो प्रेमको सुचनाले
फेरि भावनाको निकटता
अनि लामो पर्खाइलाई
रोमान्चित हुदै सङ्ल्याई दियो ।

अप्रत्याशित भएको
तिम्रो आगमनले एकाएक
हर्षनादमा झुमिरहै मेरा कल्पनाहरू
एकाएक हावामा तैरिदै छच्ल्किएर
स्पर्श नजिक पुगेका संवेगहरू
स्वस्फूर्त देखिन थाले ।

तिम्रो अनुहार प्रतिको
मेरो अनौठो हेराई
मेरो प्रतीक्षा साथै बदलिएको मनोविज्ञानले
तिम्रा हिडाईका दृश्यहरूको
निरन्तर अवलोकन गरिरह्यो
तिम्रो लामो र पट्याइ लाग्दो यात्रा
यात्रा भित्र रूमलिएको मन भित्र
हाम्रो प्रेम र पर्खाइ तड्पिरहेको थियो ।

हाम्रा सम्पुर्ण चाहाना र भावनाहरू
आशा र निरासाको दोधारका
भाव आवेगहरू अविश्वास र निराशातिर
मडारिरहेका थिए
एकअर्कालाई खोजिरहेका मनहरू
सायद !
एकपल लागि हराउन खोजिरहेको
आभास हाम्रो संवादको पर्खाइले
देखाइरहेको आभास हुन्थ्यो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata