प्रचण्डपत्नी सीता उपचार गर्न आज दिल्ली जाँदै

आइतवार, पुस ३०, २०७४



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल  उपचारका लागि दिल्ली जाँदैछिन् । उनी आज आइतबार ‘फलोअप’ का लागि दिल्ली जान लागेकी हुन् । मधुमेहलगायत रोगका कारण उनी लामो समयदेखि बिरामी अवस्थामा छिन् ।

केही महिनाअगाडि मात्रै पनि उनको बैंककमा उपचार गरिएको थियो । एक मात्र छोरा प्रकाशको निधनका कारण उनी थप कमजोर बनेकी थिइन् । अहिले पनि बेला–बेला अर्धमूर्छित अवस्थामा देखिन्छिन् ।

विकसित राजनीतिक घटनाक्रमका कारण दाहाल भने पत्नी सीताका साथ उपचारमा सहभागी हुने छैनन् । सीताको उपचारका लागि पहिलोपटक दाहालले दुई छोरी रेणु र गंगालाई पठाउन लागेका हुन् ।

210 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank