कविता : भ्यालेनटाइन डे अर्थात प्रेम दिवस

बिहिबार, माघ २५, २०७४



सीता ओझा
अव आउदैछरे
राष्ट्रिय अनि अन्तर्राष्ट्रियस्तरको
प्रेम दिवस
कहिले मित्र दिवसको नाम लिएर
कहिले गुलाफ दिवस त कहिले
चक्लेटडे, टेडिवियर डे, हक्डे, किसडे
यस्तैयस्तै ! खोइ केकेडे हो ?
सबैसहित एक मुष्टमा फेरि
प्रपोजडे (दिवस) को नामले
प्रेम दिवसको महत्व बढाउदैछ रे
सुनेर बुझ्न पनि निकै गार्हो पर्ने रहेछ
हामी डेट्एस्पाएरहरू लाईत !

💞💞💞💞💞💞💞💞💞💞💞

हरेक किशोर र
किसोरीको मन छोएर
कसैको हसाँएर त
कसैलार्इ छुटाएर
माने पियार
नमाने तेजावले सिँगार
गर्दै सुस्त चालडालमा
प्रत्येकको मनमा गढेर आउदैछरे
त्यो  प्रेमदिवस

💞💞💞💞💞💞💞💞💞

मनभएकाहरूलाई, मनभएकाहरूले
जेजे दिएपनि हुने रे
मनमिल्ने

र मन दिनेहरू बीचको मित्रता
त्यो पनि
जिवनभर जिउने बाचा कसमको लागि
जवानी साट्नेहरू विचको गाडा
अनि निकै कडा
सम्बन्ध गाँसिने हो रे
यो भेलेन्टाइनमा
त्यसैले
यो प्रेम दिवसको
यत्रो महत्व रहेछ ।

💞💞💞💞💞💞💞💞💞💞

यो वा त्यो को मतलव छैन
स्वतन्त्रतामा हस्तक्षेप हुनुहुन्न
प्रश्न उठे घरैभित्र विध्वंस हुने
परिवारमा विद्रोह गर्ने
आफ्ना भन्दा अरूलार्इ नजिक ठान्ने
सोझो सोध्दा बाङ्गो, बङ्गियाएरै बुझ्ने
सबै रक्तसम्बन्ध छोडेर
भावनाको सम्बन्धनै ताक्ने
कस्तो उमेर हो यो ?
प्रेम दिवसमा
हेर त
नजानिदो ढँङ्गले सबै रोमान्टिक हुने

💞💞💞💞💞💞💞💞💞💞💞

अलिअलि रिसाउने
फेरि प्रेमीले फकाउने
चियाचमेनामा जीवन घुमाउने
एक दुईसय मागेर
घरबाट भागेर
त्यो पनि नपाए
दुर्इ चारसय चोरेर
नपुगे सन्नुस फोरेर
भए पनि मनाउनै पर्ने
रे
यो प्रेम दिवस

…………….

प्रेम दिवस
थाहा नपाइ
तपाईंलाई नि छुने
मलाई नि हुने
अनि
कताकता
उनीहरूप्रतिको ईष्र्याले
मन कट्कै रूने
भन्न नरूचाएनि
त्यो खुसिले
मन प्रशन्न हुने
यो रमाइलो प्रेम दिवसको उपलक्ष्यमा
सबैलाई अग्रिम शुभकामना !

(ओझा महिला अध्ययन केन्द्रको अध्यक्ष हुन् )

840 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank