राजनीति

शनिबार, फाल्गुन २६, २०७४

- सिता ओझा



बन्द कोठा र चोटाहरू भित्र
गुट र फुटको कोसेली
पकाउन बेस्त हुदाँहुदै पनि
एउटाले अर्को आफ्नै गुटकोलाइ
सदा सिद्दाउन
हथाट निर्णय बदल्छौ
निकै निरीह तौरले सौदा गर्छौ
अनि
चुपचाप बस्न सिकाउने
तिमी राजनीति

कति निर्मम र कठोर
रहेछौ तिमी ! राजनीति
अनुकुलतामा प्रयोग गर्ने
उपयोग र प्रयोगको लागि
उल्लक्याउने
सहयोग आवश्यक परे
पुरै मक्याउने
फेरि
अर्थहिन तरीकाले
चुपचाप सिध्याउने
निरस वस्तु रहेछौ
हेर तिमी राजनीति

हेर्दा र बोल्दा
देखाउने नीति बराबर
व्यवहारमा चलाउने छुरा बराबर
धोकाएर बोकाए पोका भने
उन्नति र पदोन्नति
मिल्छ सरासर
नत्र
अनेक सहनै पर्छ
आरोप र प्रत्यारोप
आत्मसामानमा बज्रार्ने
अनेकौ चोट
त्यसैले त
निराकार रहेछौ तिमी राजनीति

राजनीति
तिमी कस्तो ?
कसैलाई पखाल्ने
कसैलाई
चोइट्याउने, टुटाउने
अनि
मन दुखाउने
त्यसैलाइ अवसर बनाएर
अर्कोलाई तेर्साउने
विना कसुर
कसैलाई अवसरबाट धक्याइ
अर्कैलाइ चुल्याइ दिने

गर्व गर्ने गर्दै सुनाउने
यो वा त्यो बनाइदिएको भन्दै
जिवनभर नजराना लिने
कस्तो होला है मित्रहरू
यो राजनीति

मेरो र तिम्रो
मन अनि मष्तिकसमा
अनाहाकका सय कडौ कथा भरि दिने
मन चोइट्याइ दिने
पर्दापछिका अनगिन्ती खेलहरूले
पटकपटक निस्तेजको अस्त्रले प्रहार गर्ने
निर्रथक घाउ बनाउनमा निकै रमाउने
गजव हो तिमी राजनीति

तिमीलाई चलाउने ती निर्जीव
तानाशाहहरू
जसले प्रत्येकका भावना कुनै न कुनै
बहानामा कयौ पटक
छ्याक्छ्याक्पर्दै चोइट्याएका छन
अनगिन्ती चोटहरूले लाखौं पटक
जलाउदै रूवाएका छन
तर
पनि
सहेकै छन घात र अन्तरघातको
दाउ लगाएर नौका चलाउन
त्यसैले त राजनीति

म पनि
अनि
तिमी पनि
यसै यात्राका सहयात्री
कहिले माथि कहिले तल पर्दा
किन देखाउछौ दम्ब
लगाम
न तिम्रो हातमा छन मेरो साथमा
त्यसैले म त मौन छु !
चुपचाप लाज सहदै
यिनलाई बचाएर
विवसताको यात्रा गर्न

आज
तिमी र मलाई फुटाउने
भोलीआफ्नै मन टुटाउने
पर्सि अर्थवादले मुलुकै सिद्दयाउने
देशलाइ तर्साउने देखि
होसियार बन


अर्को फरक निरीह देखि होइन।
अवसरवाद र अराजकताको
मपाइत्वबाट जोगिन सिक
राजनीति

धन्यवाद

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments