समवेदना !!!

कविता

शनिबार, साउन १२, २०७५

- सीता ओझा अध्यक्ष महिला अध्ययन केन्द्र



sita ojha 1कसरी भनौ म समवेदना ?
कसरी चिनौ को हो त्यो नर भक्षक ?
कसलाई सोधुँ ? के सत्य हो ?
कसरी यस्तो भो होला ?
के भन्नू अबका दिनमा दुनियाँले
छोरी खै भनि ? मलाई सोधनी गर्दा
कसरी सुरक्षा देखौं ? दिउसै छोरी बेपत्ता हुदाँ

@———————————

म हुँ आमा
सृजना गर्ने राखेर नौ महिना कोख बाँधेर
बगाएँ दुधका धारा,रोकिएन कुनैदिन
भन्ने थियो लाखौंमा एक
बनाउछु छोरी तिमीलाई
खै ! कस्ताको बसमा पर्यो ?
तिम्रो जीवन लिला नै समाप्त भो

@——————————-

कति ? विश्वास रहेछ तिम्रो
काममा पनि छानियौ छिटै
उत्साहले हिडेकी तिमी
खै ! कता पो अल्मलियौ कि ?
सम्पर्कमा रहिनौ किन किन तिमी ?
अन्धकार र निरासा भो सबैलाई
कसरी भयो त्यस्तो ? विश्वास गर्न कठिन भो

@————————————
पातकी त्यो नरविचासको
यौन इच्छा चरम अपराध हो
मुठ्ठीमा हुल बाँधेर ,सर्वस्व नै लुटि लग्यो
यतिका समय सम्म
कहाँ थियौ ? सुरक्षा जाँच अनि गस्ति र पहरा दिने
छोरीबेटी बलात्कृत हुनुमा सरकार !
तिम्रा कानुन कार्यनयनमा खोट छ हो ?

@—————————————

कहिँ सुन्छु आठ बर्षकी
नावलिकाको बलात्कार भो
बाबू नै अपराधी भै आमालाई हत्याउन गयो
फेरि पढ्छु आधारातमा पतिले नै
बलात्कारी लगाएर हत्या गर्यो अनि पत्निको
कतैकतै त जनताका प्रतिनिधि नै बेचविखनका मतियारी
फेरि सुनिन्छ हजुरबाले गर्यो नातीनीको बलात्कार
सुन्दा नै अप्ठ्यारो लाग्ने विद्यालयमा दुर्ववहार भो
@—————————————

जालझेलमा म परें, भन्न गए सुरक्षामा
तिनै बन्छन हेर, पुनः अपराधका मतियार
कानुन पढेका मान्छे पनि गर्छन वकालतमा पनि झेल
अत्याचारी भो समाज यो , कसरी बाच्ने हो अब ?
कानुनी राज्य छ यहाँ भन्छन भाषण मञ्च पाउँदा सबै
सुशासन कता छ खोइ ! निमुखाले खोजेको कानुन
खै किन हो ? यो सब राजनीतिको ओझेलमा पो भो

@————————————————–

हिजो बेचिएकी छोरी , रूएर आज फोन गर्दैछ
हिन्दुस्थानदेखि हेर इजरायलसम्म
उक्कको आवाज उडेको छ क्षितिज र गगन सम्म
कामकाजमा गका चेलि समयमा नफर्कदा
भक्कानिएर बज्रन्छ अनि भावनामा चोट लाग्दछ
सल्सलाउदा छोरी एकैछिन ढिला गर्दा
कसरी भनौं र लेखौ फेरि समवेदना !
धिकार छ ! तिमी र तिम्रा संरचनाहरू सबैलाई
निकम्माहरू देखिदेखि
बेफाँकमा कति ? बाँडछौ,वेतन र भत्ताहरू पनि
छि: निर्लज्जहरू सोच ; सुरक्षा दिनु धर्म हो
अपराध बढारेर शान्ति फैलाउनु तिम्रो कर्म हो

@———————————————-

377 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank