एकान्तवास

बुधबार, चैत्र १२, २०७६

- सीता ओझा



अलि अस्ति नै,
चीनको वुहानतिर,
खै ! के को तालिम थियो रे !
तालिम सकिए सँगै
खै ! कसरी हो ?
महामारी फैलाउने भाइरस पो छुटेछ ।

आँखाले नदेखिने
तर सितिमिति मर्दै नमर्ने
हावा, पानीले हैन
छोईछिटोले सर्ने
छोइसके पछि पनि
काजकिरिया गरे झैँ
पहिचान गर्न चौध दिनै कुर्न पर्ने
कस्तो प्रजाति को रहेछ ?
यो COVID -19 नामको भाइरस
मानिसलाई बुझाउन निकै कठिन पर्ने

होसियार हुन पहुँच भएकालाई हैन
दुरदराजतिर झुपडीमा बास भएकाहरूलाई
गएरै भन्नू पर्ला
मुख, नाक छोप्ने कुरा नहुनेलाई दिनु पर्ला
जान्नेले नजान्नेलाई सम्झाउने होला
यो महामारीमा जहाँ छ त्यहीँ
एकान्त बाँस बसेर, आफू र अरूलाई जोगाउनु
रोग फैलन नदिने प्रमुख उपाय होला

नाता, रगत र भावनासँग जोडिएको हुन्छ
आफन्तसँगको सम्बन्ध बाँचे देख्न पाइन्छ
मित्रता भित्रको विश्वासले बाच्न सिकाउनु पर्दछ
छरछिमेकले आपत् विपतको जोहो गरिदिनुपर्छ
तर रोग जोडियो भने आफैँ लड्नु पर्छ
त्यसैले त हामी सबै घरभित्र पनि
एकान्त बासमा बस्नु सारै राम्रो हुन्छ ।

सरकारले रोग ल्याएको हैन
नागरिकलाई रोगी हुन मनै छैन
रोग लाग्नु भन्दा लाग्नै नदिनु उत्तम
रोगले छोए विशेष उपचार गृहमा बसौँ
एकले अर्कालाई छोएर हैन
टाटैबाट अभिवादन र नमस्कार
साटेर पनि खुसी हुन सिकौँ
बरु एकछाक मात्रै खाउ
यो विश्वभर फैलिएको महामारीबाट
आफू बचेर अरूलाई बचाऊ !

भिडभाड भन्दा एकान्त खोज्नु
सावुनपानीले हात धोइरहनु
अत्यावश्यक नपरि हिँड्दै नहिँड्नु
पाहुनालाई पछि भेट्ने भन्नू
फुर्सद भनेर आफू नहिँड्नु
कोराना भाइरसको अफवाहबाट
आफू साथै अरूलाई जोगाइ राख्नु !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments