साँझतिर तल्लोभिरमा भेटौ भेटौ भाछ

शुक्रबार, फाल्गुन २, २०७६

- सीता ओझा



एकान्तमा तिम्रो तस्विर  हेरौ हेरौ लाग्छ
विश्वासको सामिप्यता जोडौजोडौ लाग्छ

साझँतिर एक दुई कुरा गरौ जस्तो लाग्छ
एक पटक तिम्रो तस्विर हेरौ जस्तो लाग्छ

साँझतिर तल्लो भिरमा भेटौ भेटौ भाछ
आधा रातमा तिमीलाई टोकौं टोकौ भाछ

तिमीसगँ एक दुइ पटक बोलौबोलौ भाछ
मनसगँ मन साटी फेरि हाँसौ  हासौ भाछ

मन फेरि पखालेर नाता जोडौ जोडौ लाग्छ
भयालेन्टाइन सम्झिएर अझै नाचौंनाचौ भाछ

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments