जवानभित्र लगाम नहुँदा

मङ्लबार, साउन ८, २०७५

- सीता ओझा, अध्यक्ष, महिला अध्ययन केन्द्र



sita ojhaलाइक र डिसलाइक तहेर्नुस न !
जवानभित्र लगाम नहुदा
संविधान बनाउनेहरूको चाला
किशोरावस्था छचल्किएको यौवन जस्तो
भाव संवेगमा उर्लिएको वृय जस्तो
हाटबजारमा महकाएको वर्षे सिद्रा जस्तो
उत्तेजनाले आतिएको मानव जस्तो
लर्वराएका दलहरूको क्रियाकलाप
छि : लाजै पचाएर नाङ्गिएका
——————————

सोधौं न !
हिजो, धेरै रगत बगाएर आएको क्रान्ती
निकै कष्ट गरेर भित्र्याएको अहिलेको शान्ति
दोस्रो संविधानसभाबाट बलतागतले भित्र्याएको संविधान
अनि, आरनबाटै तताएर ल्याएको दलिय सहमति
अहिले खै कता हराएछ !
भेलेन्टाइनमा रमेका प्रेमी र प्रेयसी जस्ता हाम्रा दलहरू
प्रेमिलापमा मख्ख जोडी जस्तो देखिन्थें
अनि
तिनीहरूकै सहकार्यमा भए,गरेको
स्वतन्त्र,निष्पक्ष निर्वाचन र आएको परिणम
मिनेट भरमा जलाएर खरानी बनाउने
सपना र रटनामा जम्न थालेका पो हुन कि !
नत्र किन हो पितन्डा ?
——————————

खोजौंन है !
देशको शान्ति अमनचैन हल्लाउनेहरू
नुन, तेलको जोहो विरूद्द बोल्नेहरू
सत्य- आग्रहमा दलियता मिसावट गर्नेहरू
जनहितको नाराभित्र गन्हाएका ठुलाहरूको हित गर्नेहरू
विधि र प्रकृया छोडेर अराजकता भित्र्याउनेहरू
विद्तालाई राजनीतिसंग जोडेर
आफू र आफ्नो क्षमता सिद्दयाउनेहरू
सत्ताको मोहले आतिएका ती बन्धुहरू
जस्ले
मुलुकको जस विगार्ने दाउ देखेका छन तिनलाई !
——————————

बुझौ न !
कता हराएछ
हिजोको त्यो शान्तिको सह यात्रा र दलिय सहमति
सम्वृद्द देश बनाउने जुझारू दलिय सम्झौताको प्रति
रितिएका काख र पुछिएका सिंउदोभित्रका
ती अनुत्तरित सवाल र जवाफका अनेकौ पङ्क्ति
नावलकहरूका एकोहोरो र टिठ लाग्दा हेराईहरू
गरिबीले दपेटिएर सुकेका बा-आमाका टासिएका पेटहरू
ती लालाबालाका चाउरिएर तिर्खाएका ओठहरू
के ? तिम्रो सत्य- आग्रहले सम्बोधन गर्न सक्छ त ?
यी र यिनीहरू जस्ताको दैनिक
यिनीहरूले,तिमीहरूका यी वितन्डा कसरी बुझुन ?
टुलुटुलु हेरिरहने तिमीहरूका स्वभाव कसरी सुझुन
किन ? गर्छौ विचौलियाका जस्ता कुरा ?
तिम्रो धोती र टोपीलाई सोध त ?
कताको माडले अघाएका छौ ? तिमीहरू !
——————————

ए ! जवानमा लगाम नभएकाहरू हो
बोल्दा र पोल्दा बिचार गर
कहि कतै तिम्री आमालाई
तिमी स्वयंले नङ्गाउदै त छैनौं
पद र शक्तिको प्रयोग गर्दा
अर्ति र धर्तिको मर्म र
आमाको प्रसब्ब पिडालाई सम्झेर
मात्रै बोल्ने गर
तिम्रो जिब्रो लक्पकाउदा
तिम्रै आमा,दिदी,बहिनी,छोरी र
पत्निको परिभाषित शव्दहरूको चयन
अपवित्र बनाउदै छौकी !
सोचेर मात्रै बोल्ने गर्छौ कि !

333 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank