लघु कथा – “मनोहत्या ” 

बिहिबार, साउन २३, २०७६

- सीता ओझा



नृपेन्द्रले कविन्द्रलाई कल गर्यो र भन्यो,  “हेलो कविन्द्र हेर न ! मैले त विहे गरें , तिमीहरू कसैलाई खवर गर्न पाइन् ।”

“मन नदुखाओ  है । त्यस्तै पर्यो ।” कविन्द्र नृपेन्द्रको कुरा सुनेर छक्क पर्दै भन्यो,  “ के अचम्मको कुरा गरिस यार! ” ” हैन , श्रीमतीको मालै लाउछस कि के हो ? ” “तेरो कुरा सुन्दा त स्वास्नी मान्छेलाई त तँ जस्ता लोग्ने मान्छेले खेलौना नै बनाउदा रहेछन् जस्तो पो  लाग्यो त ! ”
“ हैन , मालै लाउन आँटिस कि कसो ! यो भन्दा पहिलाकी चाहिँ छोडिस् हो ? ”

“लोग्नेमान्छे देखेसी केटीहरू पनि त्यसै मख्ख पर्छन कि कसो, आफ्ना बाबु  भन्दा जेठासगँ नि विहे गर्न मञ्जुर गर्ने । अचम्मै भो त ?” “यो भन्दा अघिल्लि त तेरो सानो छोरा भन्दा कान्छी हैन र ! ”  ” तेरो यो कन्याकर्षणको आसक्तता देख्दा त मलाई त  घिनै लागिसक्यो यार !”

“यो चाहिँ तेरो यौनिक क्रम भङ्गता ( डिसअडर) हुनसक्छ है ! एक पटक देखा ! नत्र,यो श्रीमती पनि छोड्दिन के बेर ।” कविन्द्र मनोसामाजिक कर्ता पनि भएकोले थोरै सल्लाह दिदै भन्यो।

“ हे , कति भाषण छाट्छस यार ! तिमीहरू जस्तो म जोईटिङ्ग्रे हैन नि ! मर्दले त गर्छ नि ! “अरू कुरा छोड्दे , सुन्न मेरो कुरा । मेरो विहे दर्ता गर्न पर्यो के ? तेरो त चिनजान निकै छ । यसो मिलाइ दे न यार !  हनिमुन जाउ भनेको विहे दर्तै नगरी जाँदा पुलिसले छाय्प पार्ला भनेर क्या ! ”

“ साथी हुँ नि ! काम लाग्छु ।  दुइचार हजार खर्च गरौंला नि , ” नृपेन्द्रले जोड गर्दै भन्यो ।

अघिल्लो र त्यो भन्दा अघिल्लो पटकको विवाह दर्ता गर्दा कविन्द्रले नै चिनेको साथी खोजेर गरेकोले नृपेन्द्रले यो पटक पनि जोड गरेको कुरा कविन्द्रले बुझ्यो ।

नृपेन्द्रले बहुविवाह दर्ता नहुने कानुन बनेको कुरालाई वास्तै नगरि विवाह गर्यो भन्ने बुझेर नै

यस्तो गैरकानुनी काम नगर्न अनुरोध गर्दै कविन्द्रले भयो, ” हेर नृपेन्द्र , अहिले पहिलो विवाहको सम्बन्ध विच्छेद नगरि अर्को विहे दर्ता हुदैन । गरिहाले पनि थाहा पाउने वितिकै या उजुर पर्यो भने विवाह दर्ता गर्ने र गराउने नै जेल पर्छन् र विवाह पनि रद्द हुन्छ रे  । ”

“यस्तो कामको पछि नलाग भो ! राज्यले व्यवस्था गरेका कानुनको पालना गर्नु नागरिकको दायित्व हो नि ! ” कविन्द्र फेरि भन्यो  ।
नृपेन्द्रले विचैमा भन्यो,  ” गर्दिन भन्न बरू , किन अर्ति दिन्छस यार ! साथी भएर पो भनेको त , विहे नै गरेर पो भनेको त !”

नृपेन्द्रको कुरा काट्दै कविन्द्रले थप्यो, ” हेर नृपेन्द्र अस्ति भर्खरै खै कताको हो कुन्नि !  एक जना वडा अध्यक्षको जवरजस्तिका कारण सचिवले  बहुविवाह दर्ता गरेको रहेछ । ”

“ तिमी जस्तै त्यो केटाले पनि विहे गर्दै छोड्दो रहेछ । यस पटक पहिलेका सबै श्रीमती मिलेर वहुविवाहको मुद्दा अदालतमा दर्ता गराएछन । ”
“ दाइ  अस्तिको विवाह दर्ताले त समस्या पर्ला जस्तो पो छ त ! के गर्ने ? ”

“फसिएला जस्तो पो लाग्यो ” भनेर सचिवले भन्न नपाइ वडा अध्यक्षले कड्कदै भनेछन, ” म त जनताको मान्छे जे पनि हुन्छ भन्न सक्छु नि ! तिमीले सबै कागज हेरेर गर्नु पर्दैन त ! त्यो त तिम्रै कुरा हो । मसगँ नजोड है ।”
“वडा अध्यक्षको कुरा सुनेर सचिव तीन छक्क पर्यो । भन्नन् रिगटा लागे जस्तो हुदैथ्यो । सचिव त्यहि डल्यो रे । ”

“ अरू कर्मचारीले हतपत एम्बुलेन्स बोलाए । यताउता गर्दा आधा घण्टा जति लाग्यो ।अस्पताल पुर्याउदा हृदयाघातको कारण मृत्यु भइसकेको रहेछ । ” “वडा अध्यक्षको दोष कम थिएन,प्रेसरमा सचिवले पनि कानुन विरोधी काम गर्नै हुन्नथ्यो । गर्न नहुने काम गरेको कारण अनाहकमा सचिवको ज्यानै गयो । परिवार र श्रीमतीको विचल्ली ।”
 “काम अर्काको,बर्बादी आफनो ! हेर  तिमी रिसाए रिसाउ , कानुन विपरितको कुनै पनि काम म त गर्दै गर्दिन । ” कविन्द्रको कुरा सुनेर नृपेन्द्र रिसले मुर्मुरीदै करायो ,
 

तँ मात्रै छैनस नि यार ! पैसा भएपछि यस्ता मुला काम त भै हाल्छन् नि ! ” भन्दै  मुख छोड्यो । कविन्द्रले  गाली सुन्न नसकेर  फोन काट्यो र मोबाइलमा भएका सबै विवरण सहित पुलिसमा उजुरी दियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata