लाइक र डिसलाइक

बुधबार, असार २०, २०७५

- सीता ओझा-अध्यक्ष  महिला अध्ययन केन्द्र



तिम्रो तस्बिर
मैले
मन पराए पनि मन नपराए पनि
तिम्रो या मेरो  मनको परिभाषामा
सुन्दर या कुरूप
जे जसरी बुझे पनि
लाइक अनि डिस लाइक  त
पाइहाल्छो  नि !

@===================

सपना साटेर तस्बिर काटे पनि
कल्पनाले तुनेर कलात्मकता छाटेँ  पनि
मनोभाव सपारेर जिउन आटे पनि
कसैन कसैको मनैदेखि
लाइक र डिस लाइक त
पाइन्छ क्यारे नि !

@====================

तिम्रो उनि प्रतिको  मनोभाव भित्र
तिमी र तिम्रो मन अटे या नअटे पनि
प्रेम भरिए पोखिए या नभरिए पनि
विना स्पर्शमा नै पनि
लाइक र  डिसलाइक त
हुन्छ नि, हैन र !

@====================

तिमीले या तिम्रो उनीले
जीवन शून्य बनाए या बनाए पनि
स्वतन्त्र अस्थित्व र निष्ठा रहे या नरहे पनि
गगन र धर्ति विचको  क्षितिज  भए या गए पनि
त्यो तिम्रो मनमा अरू प्रति
लाइक र डिसलाइक  गर्ने  चलन त
                रहिरहन्छ नि !
                        होइन र !

@======================

तिमीले कथा कोरे पनि नकोरे पनि
तिमीले कसैलाई चिनाउदा
अगाडि गर्ने व्यवहार र पछाडि गर्ने न्वारानमा
तिमीले चाहे पनि नचाहे पनि
एकार त जोडेरै
लाइक र डिसलाइक गर्ने गर्छौ नि
                    होइन र !

@—————————–—————-

तिम्रो होस या मेरो दृष्टिकोणमा
साँघुरो चेतना रहे सम्म
बेला बखत
हौसिएर होस या आतिएर
कसै माथी अपमान गर्ने सोच त आएकै छ नि
त्यो पनि त विचारमा रहेको
पछौटेपनले गरेको लाइक र डिसलाइक नै
                     होइन र , सोचौं कि !

432 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank