सिरिया नरसंहार डर लाग्दो अवस्थामा

बुधबार, भदौ २०, २०७५



सिरिया । लामो समय देखी  गृहयुद्धमा फसेको सिरिया शान्तीको शास फेर्न हतारिएको छ । जमिन देखी जमिनसँग, जमिन देखी आकाशसम्म र आकाश देखी जमिनसम्म प्रयोग गरेका असंङ्ख्य हमला र बमवारीले छतविछेद सिरिया मसानघाटमा परिणत हुँदैछ ।

हरेक दिन जसो हुने युद्ध र हवाई आक्रमणले गर्दा सिरियाका भग्नावशेषहरु युद्धको डरको रुपमा देखिदैछन् । मंगलबार राती गरिएको हवाई हमलामा आइडिब इलाका पूर्णतया ध्वस्त भएको छ । थुप्रै मानिस मारिएका छन् । आपत्तीजनक हवाई हमलाले लाखौ माानिस घरबार विहिन भएका छन् ।

सर्वसाधरण नागरिक र विद्रोही सरकारी शरणमा आउन बाध्य भएका छन् । मंगलबार विहान गरिएको २४ वटा हमलामा रुसी र सिरिया सेनाका विमानहरुले आक्रमण गरेको अलजजेरियाको सम्वाददाता स्टेफन डेकरले बताए ।

ह्वाइट हेलमेटका अहमद यारजीको भनाई अनुसार एका घरका ५ र ११ वर्षीय बच्चा सहित १७ जना मारिएका छन् । निरन्तरको आक्रमण पछि थुप्रै मानिस जंगलमा सुत्न विवस भएका छन् । क्रेनलिनका प्रवत्ता दिमित्री पेसकोभले भने आइडिब आतंककारीको खल्ती हो । करिव ७ वर्षदेखी उनीहरुको कब्जामा रहेकाे उक्त स्थान सिरियाको नियन्त्रणमा ल्याउनु जरुरी भैसकेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank