सिरियाको डुमाक्षेत्रबाट विद्रोहीहरु बाहिरिनेक्रम सुरु

सोमवार, चैत्र २६, २०७४



काठमाडौं । सिरियाको राजधानीबाहिरको विद्रोही नियन्त्रित क्षेत्रबाट लडाकु र उनीहरूका परिवारको पहिलो जत्था बाहिर निस्किएको छ। त्यस क्षेत्रमा हप्तौँदेखि जारी घेराबन्दी र सैन्य कारबाहीको फलस्वरूप डुमाबाट विद्रोही बाहिरिने क्रम शुरू हुन लागेको हो।

त्यहाँ कैयौँ दिनदेखि हवाई हमला जारी थियो। त्यसैबीच सिरियाली सेनाले विषाक्त ग्यासको प्रयोग गरेको खबर बाहिर आएको छ। हवाई हमला र गोलाबारीमा सयौँ मानिसको ज्यान गइसकेको छ र आइतवार रुसी मध्यस्तकर्ताहरूसँग आत्मसमर्पणको क्रम थाल्नका लागि एउटा सहमति भएको बताइएको छ।

पछिल्लो सहमतिपछि जैश अल इस्लाम भनिने समूहका विद्रोहीहरूलाई बसहरूमा राखेर उत्तरी सिरियातर्फ लैजाने क्रम शुरू गरिएको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सिरियामा रासायनिक हतियार प्रयोग गरी भएको ठानिएको हमलालाई लिएर राष्ट्रपति बसर अल असद र उनका मित्र शक्ति राष्ट्रहरूको आलोचना गरेका छन्।

पछिल्लो ुरासायनिक हमलाुलाई लिएर ट्रम्पले असद र उनका मित्रशक्ति रुस र इरानको कडा आलोचना गर्दै पछिल्लो हमलाको लागि उनीहरूले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्।

सिरियाको स्वास्थ्य सेवामा रहेका सूत्रहरूले बताएअनुसार शनिवार विद्रोही नियन्त्रित डुमामा गरिएको आक्रमणमा दर्जनौँको संख्यामा मानिसहरूको ज्यान गएको छ। पछिल्लो हमलाको विषयमा राष्ट्रसंघीय सुरक्षा परिषद्ले सोमवार छलफल गर्ने अपेक्षा गरिएको छ।

सिरिया र रुसले त्यो हमलामा आफ्नो संलग्नता रहेको भन्ने आरोप अस्वीकार गरेका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स लान्डाल भन्छन्, पछिल्लो हमलाले सिरियाको गैरसैनिक व्यक्तिहरूको धैर्यको थप परीक्षण गरिरहेको छ।

उनीहरूले कहिलेसम्म यस्तो त्रासदी भोग्नुपर्ने हो भन्ने प्रश्न टड्कारो भएको छ। उनी भन्छन्, ‘यस्तो बेला के अन्तर्राष्ट्रिय जगत्‌‌ले गर्ने भर्त्सना मात्रले स्थितिमा सुधार ल्याउला ?’
बीबीसी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank