सिरियामा प्रयोग भएको रसायनिक हतियार वेलायतले दिएको खुलासा

आइतवार, चैत्र २७, २०७३



काठमाडौं । सिरियामा अघिल्लो हप्ता भएको सरिन नर्भ ग्यास आक्रमणमा परी ८० भन्दा बढीको  मृत्यु भएको थियो र सयौं अन्य घाइते भएका थिए ।

बेलायतले सन् १९८० को दशकमा असद सरकारलाई उक्त रासायनिक हतियार उपलब्ध गराएको प्रमाण फेला परेपछि सरकारसामु अप्ठ्यारा प्रश्न तेर्सिएका छन् ।

मानवअधिकारवादी समूह र हतियार नियन्त्रण अभियन्ताहरूले बेलायत सरकार आफैंले सिरियालाई सरिन ग्यास बनाउनका लागि आवश्यक रसायन उपलब्ध गराएको स्वीकारेको कुरालाई उल्लेख गरेका छन् । बेलायतले यही सहस्राब्दीमा सिरियालाई विशेष उपकरण उपलब्ध गराएर रासायनिक हतियार कार्यक्रममा मद्दत गरेको देखिएको हो ।

सन् २०१३ मा कमिटीज अन आर्म्स एक्स्पोर्ट कन्ट्रोल्सले गरेको अनुसन्धानमा बेलायतले सिरियालाई खतरनाक रसायनहरू उपलब्ध गराएको आरोप लगाएको थियो ।

बेलायतले हतियार पनि बेच्ने अनि हतियारका कारण पीडित बनेका मानिसको मानवअधिकारको कुरा पनि उठाउने दोहोरो चरित्र देखाएको मानवअधिकारवादीहरूले आरोप लगाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata