सवारी दुर्घटना : सिरहामा ११ महिनामा ७९ जनाको मृत्यु

सोमवार, असार २३, २०७६



सिरहा । आर्थिक वर्ष २०७५/७६ को ११ महीनाको अवधिमा सिरहा जिल्लामा भएको विभिन्न सवारी दुर्घटनामा परी ७९ जनाको मृत्यु भएको छ  ।

चालू आर्थिक वर्ष २०७५/७६ को साउनदेखि जेठसम्मको ११ महीनाको अवधिमा पुरुष ६४, महिला १० र बालबालिका पाँच गरी जम्मा ७९ ले विभिन्न सडक दुर्घटनामा परी ज्यान गुमाएको जिल्ला ट्राफिक कार्यालय लहान, सिरहा जनाएको छ ।

सडक सेन्टरको अभाव, मौसमको खराबी, ओभरटेक, चालकको लापरवाही, मादक पदार्थ सेवन गरी सवारी चलाउनु, ट्राफिक  नियमको उल्लङ्घन तथा ट्राफिक नियममा चेतनाको अभाव, क्षमताभन्दा बढी यात्रु बोक्ने, साँघुरो सडक, सवारी चालक अनुमतिपत्रविना सवारी चलाउनु सवारी दुर्घटनाको प्रमुख कारण रहेको जिल्ला ट्राफिक कार्यालय लहान सिरहाका ट्राफिक प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata